Premier Cables
Premier Steel

विराटनगर

विराटनगरका रात्रिकालीन व्यवसायीको माग- राति १२ बजेसम्म सञ्चालन गर्न दिनुपर्ने

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक १९, २०८३  | साँझ ७:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरका होटल, रेस्टुरेन्ट तथा बार सञ्चालकहरूले रात्रिकालीन व्यवसाय सञ्चालनको समय बढाएर राति १२ बजेसम्म पुर्‍याउन माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले तोकेको समयसीमा र प्रहरीले गर्ने धरपकडका कारण व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै व्यवसायीहरूले महानगरपालिकाकी कार्यवाहक प्रमुख शिल्पा निराला कार्कीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

विज्ञापन

हाल प्रशासनले होटल, रेस्टुरेन्ट, गजल, स्पा, क्लब तथा लाउन्जजस्ता व्यवसायलाई राति १० बजेसम्म गेट बन्द गर्न र १०ः३० बजेसम्म ग्राहकलाई बाहिर पठाइसक्न निर्देशन दिएको छ । तर, उक्त व्यवस्था व्यावहारिक नभएको व्यवसायीहरूको भनाइ छ । चाडपर्वको समयमा यस्तो प्रतिबन्धले आर्थिक नोक्सानी हुनुका साथै व्यवसाय सञ्चालनमा समेत असर परेको उनीहरूले बताएका छन् ।

प्रहरीको हस्तक्षेपप्रति व्यवसायीको आपत्ति

व्यवसायीहरूले गत कात्तिक १७ गते राति विराटनगर–३ स्थित फिल गुड एण्ड ग्रिल प्रालिमा प्रहरीले गरेको हस्तक्षेपप्रति आपत्ति जनाएका छन् ।

व्यवसायीका अनुसार महानगरपालिका र प्रशासनबीच निश्चित समयसम्म व्यवसाय सञ्चालन गर्न दिने समझदारी भए पनि प्रहरीले राति ११ः३० बजे बिनासूचना उक्त प्रतिष्ठानमा प्रवेश गरेको थियो । त्यसक्रममा सञ्चालक निर्जलकुमार श्रेष्ठसहित दुई कर्मचारीलाई पक्राउ गरी रातभर नियन्त्रणमा राखिएको उनीहरूको दाबी छ ।

तोकिएको समयसीमाभन्दा अगावै प्रहरीले हस्तक्षेप र धरपकड गर्दा व्यवसायीहरूमा त्रासको वातावरण सिर्जना भएको उनीहरूले बताएका छन् ।

महानगरपालिकासँग सहजीकरणको माग

साझा पहल समूहका संयोजक वसन्त अधिकारीसहितका व्यवसायीहरूले रात्रिकालीन व्यवसायलाई सुरक्षित, मर्यादित र भयमुक्त वातावरणमा सञ्चालन गर्ने व्यवस्था मिलाउन महानगरपालिकासँग आग्रह गरेका छन् ।

उनीहरूले राति १२ बजेसम्म व्यवसाय सञ्चालन गर्न दिनुपर्ने र अनावश्यक प्रहरी धरपकड रोक्नुपर्ने माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै कार्यवाहक प्रमुख शिल्पा निराला कार्कीले व्यवसायीहरूले उठाएका समस्याप्रति ध्यानाकर्षण भएको बताइन् । उनले सम्बन्धित निकायसँग छलफल गरेर समस्याको उचित समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरिन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka