Premier Cables
Premier Steel

कोशी प्रदेश

बिर्तामोड बजारमा आगलागी, नियन्त्रणको प्रयास जारी

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक १८, २०८३  | अपराह्न १:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । झापाको बिर्तामोडस्थित मुख्य बजार भद्रपुर रोडमा आगलागी भएको छ।

सिद्धार्थ होटल नजिकै धौलागिरि पारिजात सहकारी रहेको घरको पूर्वपट्टिको भवनमा आगो लागेको हो।

विज्ञापन

बजारको मुख्य क्षेत्रमा आगलागी भएपछि नियन्त्रणका लागि प्रयास भइरहेको छ। आगो निभाउन बिर्तामोड र भद्रपुर नगरपालिकाका दमकल घटनास्थलमा पुगेका छन्।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसमेत आगो नियन्त्रणमा खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

आगलागीको कारण र क्षतिको विवरण भने खुल्न बाँकी छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka