Premier Cables
Premier Steel

विराटनगर

वातावरण दिवस मनाउन विराटनगरमा प्रभातफेरी

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar बिहिबार, जेठ २२, २०८२  | अपराह्न १:०४ बजे

विराटनगर । विश्व वातावरण दिवसका अवसरमा विराटनगरमा शप्रभातफेरी निकालेको छ ।

बिहीबार विभिन्न संघसंस्थाको सहयोगमा गोल्स फाउन्डेसनले प्रभातफेरिको आयोजना गरेको हो ।

बिज्ञापन

प्लास्टिक प्रदूषण न्यूनीकरण, हाम्रो दायित्व’ भन्ने मूल नाराका साथ महेन्द्र चोकबाट सुरु भएको प्रभातफेरी ट्राफिक चोक, मेनरोड, महानगरपालिका हुँदै शनिहाट चोकबाट वीरेन्द्र सभागृहमा पुगेर समापन भएको थियो ।

प्रभातफेरीमा सहभागीहरूले ‘प्लास्टिक प्रयोग कम गरौं, जीवन बचाऔँ, सोचौँ हरियो, हरियो बिरुवा रोपौँ, पृथ्वी जोगाउने हाम्रो दायित्व, विश्वलाई प्लास्टिक मुक्त बनाऔँ, ‘स्वास्थ्य जीवनको आधार, सफा वातावरण, स्वच्छ विचार’, भन्ने सन्देश मूलक प्ले–कार्ड बोकेका थिए ।

प्रभातफेरीपछि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विश्वमै अहिले वातावरणमा ठुलो समस्या आइरहेको बताए । उनले विश्वमा तापक्रम बढ्दै जानु, अक्सिजन कमी हुनु र जलवायु परिवर्तन हुँदा समय अनुसारको मौसम नहुनु जस्ता समस्या दिनानुदिन बढ्दै गएको बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka