Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

बिहारमा गंगा नदीमा डुंगा दुर्घटना, कम्तीमा १४ जनाको मृत्यु

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज २८, २०८३  | बिहान ९:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भारतको बिहार राज्यमा गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ ।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार मंगलबार साँझ बिहारको राघोपुर विधानसभा क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै दुर्घटना भएको हो । डुंगामा २० जनाभन्दा बढी सवार रहेको बताइएको छ । मृतकमा अधिकांश बालबालिका रहेको प्रारम्भिक विवरणमा उल्लेख छ ।

विज्ञापन

डुंगामा सवार व्यक्तिहरू भोजमा सहभागी हुन जाने क्रममा दुर्घटना भएको बताइएको छ । नदीमा डुंगा पल्टिएपछि घटनास्थलमा स्थानीय प्रहरी तथा प्रशासनको टोली पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो ।

दुर्घटनामा घाइते भएकाहरूको उपचार भइरहेको छ । घटनामा ज्यान गुमाउनेको संख्या बढ्न सक्ने सम्भावनाबारे भने कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन ।

डुंगा कसरी पल्टियो भन्ने विषयमा हालसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।

_(स्रोत: आजतक)_

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka