Premier Cables
Premier Steel

अपराध

मोरङको रामचोकबाट ५७० केजी गाँजासहित पिकअप भ्यान बरामद

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज २५, २०८३  | बिहान ८:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सशस्त्र प्रहरी बल नेपालले मोरङको जहदा गाउँपालिका–४ स्थित रामचोकबाट करिब ५७० केजी प्रतिबन्धित लागूऔषध गाँजासहित एउटा पिकअप भ्यान बरामद गरेको छ।

मिति २०८३ असोज २४ गते सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हे.क्वा. कंकालिनी मोरङ मातहत रहेको सशस्त्र प्रहरी बल नेपाल बीओपी नोचाबाट खटिएको टोलीले रामचोक क्षेत्रमा प्र.१–०१–०० च ७४२२ नम्बरको महेन्द्र पिकअप भ्यानलाई शंकास्पद अवस्थामा फेला पारेपछि जाँच गर्न खोजेको थियो। प्रहरी टोलीलाई देखेपछि चालक गाडी छाडेर फरार भएको जनाइएको छ।

विज्ञापन

त्यसपछि गाडी जाँच गर्ने क्रममा तरकारीको बीचमा लुकाएर राखिएको १९ पोका, अन्दाजी ५७० केजी प्रतिबन्धित लागूऔषध गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा र पिकअप भ्यान आवश्यक कारबाहीका लागि बीओपी नोचामा राखिएको छ। उक्त लागूऔषध तथा सवारीसाधन नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया भइरहेको जनाइएको छ।

घटनामा संलग्न चालकको पहिचान तथा खोजी र घटनाबारे थप अनुसन्धानको विवरण भने आउन बाँकी छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka