Premier Cables

राजनीति

लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज १८, २०८३  | साँझ ५:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्ने भन्दै लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन कांग्रेसले नेतृत्व गर्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले अहिले देखिएका राजनीतिक समस्या संविधान र गणतान्त्रिक व्यवस्थासँग पनि जोडिएको भन्दै त्यसबारे पुनर्विचार गर्ने बेला आएको बताए।

विज्ञापन

‘अहिलेको समस्या संविधान र तपाईंहरूले ल्याएको गणतान्त्रिक व्यवस्थामा समेत छ। यसमा पनि सोच्ने बेला आएको छ,’ उनले भने।

लिङ्देनले लोकतन्त्रको विकल्प खोज्ने नभई लोकतान्त्रिक व्यवस्थाभित्र देखिएका समस्याबारे गम्भीर समीक्षा गर्नुपर्ने बताए। राजनीतिक दलहरूले वर्तमान अवस्थाको समीक्षा गर्दै देश र जनताको हितमा अघि बढ्ने बाटो तय गर्नुपर्ने उनको भनाइ थियो।

उनले लोकतन्त्रलाई थप प्रभावकारी बनाउने र जनताका अपेक्षा सम्बोधन गर्ने विषयमा राजनीतिक दलहरूबीच बहस र संवाद आवश्यक रहेको बताए। लोकतन्त्रको संरक्षण र सुदृढीकरणमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka