Premier Cables

राष्ट्रिय

अडियो प्रकरणमा कृषिमन्त्री: ‘सम्बन्ध छैन, प्रमाण भए फेस गर्न तयार छु’

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज १५, २०८३  | बिहान ११:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सामाजिक सञ्जालमा सार्वजनिक भएको विवादास्पद अडियो प्रकरणबारे कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले स्पष्टीकरण दिएकी छन्। उनले अडियोमा कुराकानी गर्ने व्यक्तिहरूसँग आफ्नो कुनै व्यक्तिगत वा पारिवारिक सम्बन्ध नरहेको दाबी गरेकी छन्।

दुई व्यक्तिबीच भएको भनिएको उक्त अडियोमा कृषिमन्त्री चौधरी, गृहमन्त्री सुधन गुरुङ र रास्वपा सांसद ठाकुरसिंह थारुको नाम लिँदै लेनदेनसम्बन्धी कुराकानी गरिएको सुनिन्छ। अडियोमा बोल्ने एक व्यक्तिले मन्त्री चौधरीलाई आफ्नो ‘मामाकी छोरी’ भनेर चिनाएको पनि सुनिएको छ।

विज्ञापन

यस विषयमा बिहीबार संघीय संसद्को कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा समिति सदस्यहरूले मन्त्री चौधरीसँग जवाफ मागेका थिए। जवाफमा उनले अडियोमा बोल्ने व्यक्तिहरूसँग आफ्नो चिनजानसमेत नरहेको बताइन्।

‘अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन । व्यक्तिगत, पारिवारिक कुनै सम्बन्ध छैन,’ उनले भनिन्।

मन्त्री चौधरीले उक्त विषय कानुनी प्रक्रियामा गइसकेको र अनुसन्धान भइरहेको भन्दै यसबारे थप टिप्पणी गर्न नमिल्ने बताइन्।

आफू सुशासनका लागि काम गर्न आएको उल्लेख गर्दै उनले आरोप वा टिकाटिप्पणीभन्दा प्रमाणका आधारमा विषय उठाउन आग्रह गरिन्। ‘हामी सुशासनका लागि आएका हौँ । टीकाटिप्पणी गर्नुभन्दा पनि प्रमाण छ भने म फेस गर्न तयार छु,’ उनले भनिन्।

उनले सञ्चारकर्मीलाई समेत कुनै विषय सार्वजनिक गर्नुअघि त्यसको सत्यतथ्य पुष्टि गर्न आग्रह गरेकी छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka