Premier Cables
Premier Steel

कोशी प्रदेश

कोसी प्रदेशले संघबाट पाउने सबै अनुदान घट्यो

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar मंगलबार, जेठ २०, २०८२  | अपराह्न १२:०३ बजे

कोसी प्रदेशले संघबाट पाउने सबै अनुदान घट्यो
विराटनगर । कोसी प्रदेशले संघ सरकारबा प्राप्त गर्ने अनुदान घटेको छ ‌ ।

नेपाल सरकारले दिने विभिन्न अनुदानको रकम प्रदेशमा निरन्तर घट्दो छ ।

बिज्ञापन

चालू आर्थिक वर्षभन्दा ८ करोड रुपैयाँ कम आउने भएको हो । अर्थ मन्त्रालयले सोमबार यस सम्बन्धी विवरणहरु सार्वजनिक गरेको छ । अन्तरसरकारी वित्तीय हस्तान्तरणको विवरणमा आगामी आर्थिक वर्षमा कोसीले पाप्त हुने रकम घटेको हो ।

कोसीलाई चालू आर्थिक वर्षका लागि २९ अर्ब ८ करोड ५२ लाख बजेट विनियोजन गरेको थियो । तर, बैसाख मसान्तसम्ममा १९ अर्ब ३७ करोड ७९ लाख मात्रै प्राप्त भएको छ । राजस्व बाँडफाँडबाहेक वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदान शीर्षकको रकममा निकै कटौती भएको छ ।
आगामी आर्थिक वर्षका लागि भने संघीय सरकारले समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान, समपुरक अनुदान (पुँजीगत प्रकृति) गरी २९ अर्ब ६६ लाख मात्रै विनियोजन भएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा संघीय सरकारले समानीकरण अनुदान, सशर्त अनुदान, समपुरक अनुदान, विशेष अनुदान र प्रदेशले पाउने राजस्व गरी २८ अर्ब २ करोड ७५ लाख ३३ हजार प्राप्त भएको थियो ।

गत वर्ष संघीय सरकारबाट समानीकरण र सशर्त अनुदान १४ अर्ब ६३ करोड ५३ लाख ३४ हजार प्राप्त हुने अनुमान गरेको थियो । तर, ११ अर्ब ५६ करोड ८७ लाख २७ हजार अर्थात् ७९.०५ प्रतिशत मात्रै प्राप्त भएको थियो ।

आर्थिक वर्ष २०७९–८० मा ३० अर्ब ७५ करोड ७७ लाख ८२ लाख प्राप्त भएको थियो भने आर्थिक वर्ष २०७८–७९ मा २९ अर्ब ९६ करोड ६४ लाख ३६ हजार प्राप्त भएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka