






भिजिट भिसा प्रकरणमा अख्तियारद्वारा सह-सचिव भट्टराईको बयान शुरु
काठमाडौं । भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान शुरु गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको भिजीट भिसा प्रकरणमा मुछिएका सह-सचिव तीर्थराज भट्टराईको बयान शुरु गरेको हो ।
१८ जेठमा उपस्थित हुने शर्तमा उनलाई नियन्त्रणमुक्त गरेको अख्तियारले गत आइतबारदेखि बयान थालेको बताइन्छ ।
‘दुई दिनदेखि उहाँलाई आयोगमा उपस्थित गराएर अनौपचारिक सोधपुछ गरी त्यसपछि बयान समेत थालिएको छ’, अख्तियार स्रोतले भन्यो, ‘यसबीचमा उहाँबारे केही प्रमाणसमेत संकलन भएकाले त्यसबारे समेत सोधपुछ सुरु भएको छ ।’
अख्तियार स्रोतका अनुसार, अध्यागमन कार्यालयबाट केही कर्मचारीहरुले मानव तस्करीको काम समेत गरेको खुलेको छ । यो प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै संसद अबरुद्ध पार्ने विपक्षी दलले तयारी गरेका छन् ।