Premier Cables

राजनीति

कांग्रेस १५औं महाधिवेशनका लागि ‘निर्वाचन निर्देशिका २०८३’ जारी

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ३०, २०८३  | अपराह्न ३:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आगामी १५औं महाधिवेशनलाई मर्यादित, व्यवस्थित र पारदर्शी रूपमा सम्पन्न गर्न ‘निर्वाचन निर्देशिका २०८३’ जारी गरेको छ।

केन्द्रीय निर्वाचन समितिले तयार पारेको उक्त नयाँ निर्देशिकामा निर्वाचन अधिकृत तथा मतदान अधिकृतको नियुक्ति, उनीहरूको काम, कर्तव्य र अधिकारका साथै मतदाता नामावली प्रकाशन र निर्वाचन प्रतिनिधिसम्बन्धी स्पष्ट कानुनी व्यवस्था गरिएको छ।

विज्ञापन

नयाँ निर्देशिका अनुसार निर्वाचन अधिकृतले नेपाली कांग्रेसको मूल्य र आदर्शसँग नजिक रहेका शुभेच्छुक तथा सहयोगी संस्थाका प्रतिनिधि र सामाजिक व्यक्तित्वहरूबाट आवश्यकता अनुसार मतदान अधिकृत नियुक्त गर्न सक्ने अधिकार पाएका छन्।

निष्पक्षता कायम राख्नका लागि निर्वाचन प्रक्रियामा खटिने पदाधिकारीहरूबारे कडा नियम लागू गरिएको छ। जसअनुसार निर्वाचन प्रतिनिधि, निर्वाचन अधिकृत वा मतदान अधिकृत आफू खटिएको वडा, पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला, प्रदेश वा जनसम्पर्क समितिको कुनै पनि पद वा प्रतिनिधिका लागि उम्मेदवार बन्न पाउने छैनन्।

निर्देशिकामा पार्टीका सबै तहमा स्वच्छ र मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गराउन सम्बन्धित तहका पार्टी पदाधिकारी तथा सदस्यहरूले निर्वाचन समिति र अधिकृतहरूलाई आवश्यक सहयोग गर्नुपर्ने दायित्व तोकिएको छ।

यसैगरी, विदेशस्थित नेपाली जनसम्पर्क समितिको अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले नेपालबाटै निर्वाचन प्रतिनिधि खटाउने व्यवस्था गरेको छ। नेपालबाट प्रतिनिधि पठाउन सम्भव नभएका खण्डमा सम्बन्धित राष्ट्रमा कार्यरत नेपाली नागरिक वा नजिकको देशबाट प्रतिनिधि खटाउन सकिने विकल्प राखिएको छ। यसरी खटिएका प्रतिनिधि वा अधिकृतले सम्बन्धित देशको अधिवेशनमा कुनै पनि पदमा उम्मेदवार बन्न वा सर्वसम्मत छनोट हुन नपाउने व्यवस्था निर्देशिकामा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka