Premier Cables

अपराध

तेल चोरी गर्दै गरेको आरोपमा तीन ट्याङ्करसहित एक जना पक्राउ

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ३०, २०८३  | अपराह्न ३:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा प्रहरीले तीनवटा ट्याङ्करसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

मंगलबार लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले ट्याङ्करको सिल तोडेर पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई नियन्त्रणमा लिएको हो।

विज्ञापन

प्रहरीका अनुसार दुईवटा ट्याङ्कर घटनास्थलमै फेला परेका थिए भने अर्को एक ट्याङ्कर घटनास्थलबाट भागेको थियो। प्रहरीले पछ्याउँदै उक्त ट्याङ्करलाई समेत नियन्त्रणमा लिन सफल भएको जनाएको छ।

नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र पक्राउ परेका व्यक्तिमाथि पेट्रोलियम पदार्थ चोरीसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka