Premier Cables

मौसम

संखुवासभासहित देशका विभिन्न भागमा भारी वर्षा, चाँगुनारायण र टाशी गाउँमा ‘धेरै भारी’ मापन

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ३०, २०८३  | बिहान ९:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । संखुवासभासहित देशका विभिन्न जिल्लाहरूमा भारीदेखि धेरै भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा संखुवासभा, भक्तपुर, मकवानपुर, उदयपुरका साथै दैलेख र जाजरकोटको सीमा क्षेत्रमा उच्च वर्षा मापन गरिएको हो।

सबैभन्दा बढी वर्षा संखुवासभाको ‘टाशी गाउँ स्नो’ स्टेसनमा १६६.४ मिलिमिटर र भक्तपुरको चाँगुनारायण स्टेसनमा १११ मिलिमिटर दर्ता भएको छ। १०० मिलिमिटरभन्दा बढीको यो वर्षालाई मौसमविद्हरूले ‘धेरै भारी’ वर्षाका रूपमा वर्गीकरण गरेका छन्।

विज्ञापन

यस्तै, अन्य प्रभावित क्षेत्रहरूमा पनि उल्लेख्य वर्षा भएको छ:
* मकवानपुर: ८४.४ मिलिमिटर
* उदयपुर: ५९ मिलिमिटर
* दैलेख-जाजरकोट सीमा (कट्टी स्टेसन): ५६ मिलिमिटर
५० मिलिमिटरभन्दा माथिको यो वर्षालाई महाशाखाले ‘भारी वर्षा’को सूचीमा राखेको छ। वर्षाका कारण ती क्षेत्रका साना-ठूला नदी तथा खोलाहरूमा बहाव बढ्न सक्ने भएकाले तटीय तथा पहिरोग्रस्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka