Premier Cables

राष्ट्रिय

सर्पदंशबाट बालिकाको मृत्यु, इटहरीस्थित उपचार केन्द्रद्वारा सेवा र क्षमताबारे स्पष्टीकरण

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र २८, २०८३  | बिहान १०:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

इटहरी । इटहरी उपमहानगरपालिका-५ की ८ वर्षीया बालिका आस्वाना चौहानको गोमन सर्पको डसाइबाट उपचारका क्रममा निधन भएको छ।

घरभित्र खेलिरहेका बेला सर्पले टोकेपछि उपचारका लागि अस्पताल लगिएको अवस्थामा बालिकाको मृत्यु भएको हो। बालिकाको निधनप्रति सामुदायिक सर्पदंश उपचार केन्द्र, इटहरीले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

विज्ञापन

यसै घटनाको सन्दर्भमा उपचार केन्द्रले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो सेवा तथा क्षमताबारे स्पष्ट पारेको छ।

नेपाली सेना र नागरिक सम्बन्ध विस्तार अभियानअन्तर्गत २०६५ वैशाखदेखि इटहरी ब्यारेकमा सञ्चालित यस केन्द्रबाट हालसम्म १९ हजार १५३ भन्दा बढी सर्पदंशका बिरामीले उपचार सेवा पाइसकेका छन्। नेपाली सेनाका प्राविधिक स्वास्थ्य जनशक्तिबाट उपचार व्यवस्थापन हुँदै आए पनि केन्द्रमा आईसीयू, एनआईसीयू, पीआईसीयू तथा भेन्टिलेटर जस्ता अत्यावश्यक सघन उपचार सुविधा उपलब्ध छैनन्।

विशेषगरी १३ वर्षभन्दा कम उमेरका बालबालिका तथा गर्भवती महिलामा सर्पदंशका कारण अवस्था गम्भीर बनेमा तत्काल सघन उपचार तथा भेन्टिलेटर चाहिने भएकाले स्थापनाकालदेखि नै यस्ता बिरामीलाई एन्टी स्नेक भेनम सिरम (एसभिएस) उपलब्ध गराई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान वा विराटनगरको कोशी अस्पतालमा रिफर गर्ने गरिएको केन्द्रले जनाएको छ।

केन्द्रका अध्यक्ष दिवश पोख्रेलद्वारा जारी विज्ञप्तिमा सर्पदंशको उपचारमा समयमै उपचार पाउनु अत्यन्त महत्वपूर्ण हुने भएकाले सर्पले टोकेको शंका लाग्नासाथ ढिला नगरी नजिकको उपचार केन्द्र वा आवश्यक सघन उपचार सुविधा भएका अस्पताल पुर्‍याउन अनुरोध गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka