विराटनगर। नेपाल अग्रवाल सभा विराटनगरको नयाँ कार्यसमिति गठन भएको छ। सभाको नयाँ अध्यक्षमा प्रेम कुमार राजगढ़िया (पिन्टु) चयन हुनुभएको छ।
गठित नयाँ कार्यसमितिको निर्वतमान अध्यक्षमा राजकुमार अग्रवाल (राजु) रहनुभएको छ भने उपाध्यक्ष पदमा कैलाश कुमार अग्रवाल र प्रदीप तोदी चयन हुनुभएको छ। संस्थाको महासचिवमा राजेश अग्रवाल तथा सचिव पदमा भरत खेतान र विनीत कुमार सिंघानिया चयन हुनुभएको छ।
त्यस्तै, कोषाध्यक्षमा अश्विनी बंसल र सह-कोषाध्यक्षमा बिमल कुमार अग्रवाल चयन हुनुभएको छ।
नयाँ कार्यसमितिको सदस्यहरूमा प्रमोद जिन्दल, अमित सिंघल, अभिषेक केडिया, अजय टिवडेवाला, विवेक कुमार अग्रवाल र रोहित अग्रवाल रहनुभएको छ।
यसैगरी, आमन्त्रित सदस्यहरूमा राजेश बागड़िया, गोपाल तोदी, अशोक कुमार अग्रवाल, नवीन सिंघानिया र संदीप गिदड़ालाई मनोनीत गरिएको छ।
नयाँ नेतृत्वले संस्थाको उद्देश्य अनुसार सामाजिक तथा समुदायिक कार्यहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

Oplus_16908288
