Premier Cables

अन्तराष्ट्रिय

नयाँदिल्ली पुगे चिनियाँ राष्ट्रपति सी चिनफिङ

Hamro Biratnagar News Channel Calendar शनिबार, भाद्र २७, २०८३  | अपराह्न १:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

नयाँदिल्ली । चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतले आयोजना गरेको १८औं ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शनिबार राजधानी नयाँ दिल्ली आइपुगेका छन्।

सीको यो १२ वर्ष पछिको पहिलो नयाँ दिल्ली भ्रमण हो। यसअघि उनी राष्ट्रपतिको रूपमा आफ्नो पहिलो कार्यकालका क्रममा सन् २०१४ मा नयाँ दिल्ली पुगेका थिए।

विज्ञापन

समग्र भारत भ्रमणको हिसाबले भने उनी ६ वर्षपछि भारत आएका हुन्। यसअघि सन् २०१९ मा तमिलनाडुको मामल्लापुरममा आयोजित भारत-चीन अनौपचारिक शिखर बैठकका लागि उनी भारत पुगेका थिए।

यस भ्रमणका क्रममा राष्ट्रपति सीसँगै चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो स्थायी समितिका सदस्य तथा पार्टी केन्द्रीय समितिको सामान्य कार्यालयका ७० वर्षीय निर्देशक काइ क्वी र उच्च कूटनीतिज्ञ वाङ यी पनि दिल्ली आइपुगेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka