Premier Cables

अर्थ

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Hamro Biratnagar News Channel Calendar शनिबार, भाद्र २७, २०८३  | अपराह्न १:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा चिनीको मूल्य चरम विन्दुमा पुगेको छ। नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशीकान्त अग्रवालले क्रसिङ सिजनसम्म चिनीको अभाव नहुने र खुद्रा मूल्य ११० रुपियाँ ननाघ्ने दाबी गरेका थिए। तर, उनको वाचा विपरीत हाल काठमाडौँको खुद्रा बजारमा चिनीको मूल्य प्रतिकिलो १४० देखि १५० रुपियाँसम्म पुगेको छ।

प्रतिबद्धता विपरीत अभाव र मूल्यवृद्धि हुनुको कारणबारे स्पष्टीकरण दिँदै अध्यक्ष अग्रवालले आफू यसअघि आयातको तथ्याङ्कमा झुक्किएको बताएका छन्।

विज्ञापन

गत आर्थिक वर्षमा ७० हजार टन आयात भएको ठाउँमा जम्मा ४५ हजार टन मात्र आयात भएको र थप २५ हजार टन आयात हुन नपाएकाले यस्तो अवस्था आएको उनको भनाइ छ।

उद्योगहरूबाट ८५ रुपियाँमा बिक्री भई स्टक सकिइसकेकाले अब बजार मूल्यबारे आफूलाई थाहा नहुने उनले बताए। यद्यपि, कारखाना मूल्य ८५ रुपियाँमा भ्याट, ढुवानी, बिमा, डिलर कमिसन, ब्याज र जर्ती जोडिसक्दा पनि मूल्य ११२ देखि ११५ रुपियाँभन्दा माथि जान नहुने उनको दाबी छ।

दुई सातापछि अवस्था सहज हुने साल्ट ट्रेडिङको दाबी
साल्ट ट्रेडिङ कर्पोरेसनले १ प्रतिशत भन्सार सुविधामा भारतबाट २५ हजार टन चिनी आयात गरिरहेको छ, जुन दुई हप्ताभित्र नेपाली बजारमा पुग्ने जनाइएको छ।

साल्ट ट्रेडिङका डेपुटी सिइओ एवं प्रवक्ता कुमार राजभण्डारीका अनुसार बिहीबार वीरगन्ज सुक्खा बन्दरगाहमा एक र्याक (२५ सय टन) चिनी आइपुगिसकेको छ र दशैँअगावै २५ हजार टन आयात गरिसक्ने लक्ष्य छ।

हाल साल्ट ट्रेडिङले काठमाडौँमा प्रतिकिलो १०५ र विराटनगरमा १०२ रुपियाँमा चिनी बिक्री गरिरहेको छ। तर, नयाँ भारतीय चिनी भित्रिएपछि त्यसको मूल्य कति कायम हुन्छ भन्नेबारे अहिले नै भन्न नसकिने प्रवक्ता राजभण्डारीले बताए।

भारतको ‘एनसेल’ बाट भारु ५७ (नेरु ९१.२०) मा खरिद गरिएको यो चिनी भन्सार नाकामै जाँचपास गर्दा प्रतिकिलो १०५ रुपियाँ पर्न जाने र देशका विभिन्न सहर पुर्‍याउँदा ढुवानी खर्च थपिने हुँदा साल्ट ट्रेडिङले पुरानै मूल्यमा बिक्री गर्न नसक्ने सम्भावना छ।

निजी व्यवसायीले कोटाको चिनी नल्याउने
भारतले निर्यात बन्द गरे पनि नेपालका लागि १ लाख ५० हजार टन चिनीको कोटा उपलब्ध गराएको छ। तर, निजी व्यवसायीहरूले यो कोटा प्रयोग गर्न मानेका छैनन्।

भारतको एनसेलबाट ल्याउँदा बजार मूल्यभन्दा महँगो पर्ने र निजी क्षेत्रले साल्ट ट्रेडिङले जस्तै १ प्रतिशत भन्सार सुविधा नपाई पूरा १५ प्रतिशत भन्सार महसुल तिर्नुपर्ने भएकाले निजी व्यवसायीले आयात नगर्ने मनस्थिति बनाएका हुन्।

चिनी आयातकर्ता जीवन रिजालका अनुसार भन्सार महसुलको फरकका कारण साल्ट ट्रेडिङको दररेटसँग प्रतिस्पर्धा गर्न नसकिने भएकाले निजी क्षेत्रले चिनी आयात नगर्ने निर्णय गरेको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka