Premier Cables

विराटनगर

‘विराट ट्रेड फेयर २०८३’- के छ यस पटक नयाँ ?

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र २६, २०८३  | बिहान ९:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। विराटनगरमा आगामी असोज २२ गतेदेखि ३० गतेसम्म ‘विराट ट्रेड फेयर २०८३’ को दोस्रो संस्करण आयोजना हुने भएको छ। विराट व्यापार संघको आयोजनामा विराटनगर–७ स्थित जैन भवनमा ९ दिनसम्म मेला सञ्चालन हुन लागेको हो।

दसैँ–तिहारजस्ता ठूला चाडपर्वलाई लक्षित गर्दै आयोजना गर्न लागिएको यस मेलाले उद्योग, व्यवसाय, कृषि, पर्यटन र ऊर्जा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। मेलामा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानका करिब १०० वटा स्टलहरू रहनेछन्।

विज्ञापन

ट्रेड फेयरमा खाद्यान्न, लत्ताकपडा, जुत्ता–चप्पल, अटोमोबाइल, इलेक्ट्रोनिक्स, फर्निचर, कृषि उत्पादन, हस्तकला, सूचना प्रविधि तथा बैंक एवं वित्तीय संस्थाका सेवाहरू प्रदर्शन तथा बिक्रीका लागि राखिनेछ। चाडपर्वका बेला उपभोक्ताले प्रतिस्पर्धी र सहज मूल्यमा गुणस्तरीय सामान पाउने र यसले स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउने आयोजकको विश्वास छ।

यसअघि संघले ११ दिनसम्म चलाएको पहिलो संस्करणको मेलामा ७८ वटा स्टल रहेका थिए भने करिब ५५ हजार दर्शकले अवलोकन गरेका थिए। संघले विराटनगरको व्यापारिक तथा आर्थिक विस्तारका लागि यो मेला महत्त्वपूर्ण अवसर हुने जनाएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka