Premier Cables

समाचार

गुडिरहेको कारमा आगो लाग्दा चितवनमा एकजनाको मृत्यु

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र २६, २०८३  | बिहान ९:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

चितवन । चितवनको भरतपुरमा गुडिरहेको कारमा अचानक आगो लाग्दा एक जनाको ज्यान गएको छ। भरतपुर महानगरपालिका–९ वसन्तचोकनजिकै आज बिहान ६ बजे गुडिरहेको बागमती प्रदेश ०१–०३० च ५५७९ नम्बरको कारमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

घटनालगत्तै पुगेको प्रहरी टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। आगलागीबाट ज्यान गुमाएका व्यक्तिको पहिचान अझै खुल्न सकेको छैन। दुर्घटना वा प्राविधिक खराबी के कारणले आगो लागेको हो भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

विज्ञापन

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka