Premier Cables

विराटनगर

हिसान मोरङद्वारा बाढी प्रभावितलाई ५४ लाख सहयोग

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र २५, २०८३  | राती ८:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर ।‌ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) मोरङले बाढीपहिरा पीडितको उद्धार तथा राहतका लागि रु ५४ लाख ६५ हजार ८३४ आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

गत भदौ १० गते आएको भीषण बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका विभिन्न जिल्लामा पुगेको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै हिसान मोरङले उक्त राहत रकम संकलन गरेको हो।

विज्ञापन

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मोरङका सदस्य विद्यालयहरूबाट संकलित उक्त रकममध्ये रु २६ लाख ३३ हजार ५५५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा र रु २८ लाख ३२ हजार २७९ हिसान केन्द्रको खातामा जम्मा गरिएको छ।

हिसान मोरङका अध्यक्ष अमित ढकालका अनुसार विभिन्न १४ वटा विद्यालय तथा कलेजहरूले यस अभियानमा योगदान पुर्‍याएका छन्। जसमध्ये शिक्षादीप मावि, अरनिको मावि र विकेभिएमले सबैभन्दा बढी रकम सहयोग गरेका छन्।

बाढीपहिरो प्रभावित क्षेत्रका नागरिकहरूलाई द्रुत गतिमा पुनस्थापना गर्न र पूर्वाधार निर्माणका कार्य शीघ्र अघि बढाउन हिसान मोरङले नेपाल सरकारसँग विशेष अनुरोध समेत गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka