Premier Cables

सम्पादकीय

सम्पादकीय : विश्वमञ्चमा पुनरागमनको अवसर – नेपाली क्रिकेटको परीक्षा

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ १८, २०८२  | राती ८:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

७ महिनापछि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेलमा पुनरागमन गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली भोलि स्कटल्याण्डसँग भिड्दैछ। आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा सहभागी नेपालका लागि यो श्रृङ्खला केवल अंक तालिकामा उक्लने प्रयत्न मात्र होइन, आफ्नो क्षमताको पुनः प्रमाणिकरण गर्ने अवसर पनि हो।

पछिल्लो समय ओडिआई खेलमा सहभागिता नहुँदा नेपाल अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट ओझेलमा परेको महसुस भएको छ। घरेलु मैदानबाहिरको चुनौतीपूर्ण सिरिजमा स्कटल्याण्ड र नेदरल्याण्ड्सजस्ता प्रतिस्पर्धी टिमसँग खेल्नु नेपालका लागि कठिन परीक्षा हो। तालिकाको पुछारमा रहेको नेपाललाई शीर्ष चारमा पुग्ने सपना जिउँदो राख्न अब प्रत्येक खेल निर्णायक बन्नेछ।

विज्ञापन

त्यसमा पनि स्कटल्याण्डमा हालै सम्पन्न अभ्यास खेलको प्रदर्शनले टिमको कमजोर पक्षहरू उजागर गरिदिएको छ। ओपनिङ संयोजन निराशाजनक रहनु, टपअर्डरदेखि लोअर्डरसम्मको कमजोर समन्वय, र रन चेस गर्ने क्षमतामा देखिएको कमजोरीले टिम संयोजन र रणनीतिमा गहिरो पुनर्विचारको खाँचो औंल्याएको छ। यति बेला नेपाललाई केवल प्रदर्शन सुधार गर्नु मात्र हैन, मानसिक दृढता देखाउनु पनि अपरिहार्य भएको छ।

नयाँ प्रशिक्षक स्टुआर्ट लको नेतृत्वमा नेपालले पहिलो ओडिआई खेल खेल्न लागेको छ। प्रशिक्षक परिवर्तनले टोलीमा नयाँ ऊर्जा र रणनीतिक सोच ल्याउने अपेक्षा गरिएको छ। प्रशिक्षक लका लागि पनि यो सिरिज आफ्ना योजनाको प्रभावकारिता देखाउने पहिलो अवसर हो। अनुभवी खेलाडीहरूसँगै नयाँ अनुहारहरूको भूमिकाले पनि अबको प्रदर्शनमा निर्णायक भूमिका खेल्नेछ।

नेपाल क्रिकेटले पछिल्लो वर्षहरूमा उल्लेखनीय उचाइ छोएपनि त्यसलाई निरन्तरता दिन नसक्नुको मूल्य लिग तालिकामा स्पष्ट देखिन्छ। अब यो सिरिज नेपालका लागि आत्मविश्लेषण र नवउर्जा दुवैको संयोजन बन्नुपर्छ।

यो सिरिज हार–जितको मात्र कुरा होइन, यो नेपालको क्रिकेट भविष्यको दिशानिर्देशक बन्न सक्छ। हामी आशा गर्छौं, टिम नेपाल दृढ आत्मबल, अनुशासन र रणनीतिमा स्पष्टता देखाउँदै प्रतिस्पर्धी प्रदर्शन गर्नेछ। यही अवसर हो—विश्वमञ्चमा पुनः आफ्नो उपस्थिति सशक्त रूपमा दर्ज गराउने।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka