Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा बजाजका दुई नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र १२, २०८३  | अपराह्न १२:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर–२ मुनालपथस्थित यस एन्ड ब्रदर्स अटो प्रालिले बजाज कम्पनीका दुई नयाँ इलेक्ट्रिक स्कुटर बजारमा ल्याएको छ।

बिहीबार आयोजित एक समारोहबीच बजाजका चेतक सी २५०१ र चेतक सी ३५०३ मोडलका इलेक्ट्रिक स्कुटर विराटनगर शाखामा सार्वजनिक गरिएको हो।

बिज्ञापन

दुवै मोडलको अनावरण लाइन्स क्लब अफ विराटनगरका अध्यक्ष चान्दबाबू इराकी र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपानेले गरेका थिए।

यसअघि नै चेतक सी ३५०१ मोडलको स्कुटर बिक्री गर्दै आएको यस एन्ड ब्रदर्स अटो प्रालिले ग्राहकको मागलाई मध्यनजर गर्दै थप दुई मोडल बजारमा ल्याएको सञ्चालक मनोजकुमार चौधरीले जानकारी दिए।

उनका अनुसार हाल बजारमा ल्याइएको बजाज चेतक सी ३५०३ को मूल्य ३ लाख ३४ हजार ९ सय रुपैयाँ तथा चेतक सी २५०१ को मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ। दुवै मोडलको बुकिङ खुला गरिएको चौधरीले बताए।

भारतीय ब्रान्ड बजाजका यी इलेक्ट्रिक स्कुटरमा ५ वर्षको ब्याट्री तथा मोटर ग्यारेन्टी रहेको कम्पनीले जनाएको छ। स्कुटरमा २.५ किलोवाट क्षमताको लिथियम–आयन ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार यी स्कुटरले प्रतिघण्टा अधिकतम ७० किलोमिटरसम्मको गति लिन सक्ने तथा एकपटक पूर्ण चार्ज गर्दा १२५ किलोमिटरसम्मको दूरी तय गर्न सक्नेछन्।

कम्पनीले नयाँ इलेक्ट्रिक स्कुटरले वातावरणमैत्री यातायातसँगै दैनिक आवतजावतका लागि सहज र किफायती विकल्प प्रदान गर्ने अपेक्षा गरेको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka