Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा गो-गो इलेक्ट्रोनिक स्कुटरको बिक्री सुरु, विशेष छुट अफर सार्वजनिक

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ ०३, २०८३  | अपराह्न १:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा गो–गो इलेक्ट्रोनिक स्कुटरको आधिकारिक बिक्री सुरु गरिएको छ ।

बढ्दो पेट्रोलियम पदार्थको मूल्य र वातावरणमैत्री सवारीप्रति उपभोक्ताको आकर्षण बढिरहेका बेला कम्पनीले विशेष छुट अफरसहित विभिन्न मोडलका ईभी स्कुटर बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार स्कुटर खरिदकर्तालाई ब्याट्री वारेन्टी, नियमित सर्भिसिङ सुविधा तथा आवश्यक स्पेयर पार्ट्सको सहज उपलब्धता समेत प्रदान गरिनेछ ।

बिज्ञापन

गो–गोका स्कुटरहरू न्यूनतम ८५ हजार रुपैयाँदेखि अधिकतम १ लाख ६० हजार रुपैयाँसम्ममा उपलब्ध रहेका छन् । यी स्कुटरहरूको रेन्ज ५० किलोमिटरदेखि १३५ किलोमिटरसम्म रहेको कम्पनीले जनाएको छ ।

हाल बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै जाँदा कम खर्चिलो र वातावरणमैत्री यातायातका रूपमा ईभी स्कुटरतर्फ उपभोक्ताको आकर्षण बढिरहेको देखिन्छ ।

यही मागलाई मध्यनजर गर्दै विराटनगरमा गो–गो स्कुटरको आधिकारिक बिक्रेता श्री पशुपति ट्रेडलिंक मार्फत बिक्री वितरण सुरु गरिएको बताइएको छ ।
कम्पनीले आगामी दिनमा ग्राहकलाई सहज सेवा र विश्वसनीय बिक्रीपछिको सुविधा उपलब्ध गराउँदै ईभी बजारलाई थप विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka