Premier Cables
Premier Steel

अपराध

गरिमा हत्या प्रकरण: गृहमन्त्रीलाई २४ घण्टे अल्टिमेटम, आन्दोलनको चेतावनी

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र ०५, २०८३  | साँझ ५:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बारा । बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या घटनाको विरोधमा मधेश जागरण अभियानले गृहमन्त्रीलाई २४ घण्टे अल्टिमेटम दिएको छ।

अभियानका संयोजक कृष्ण मोहन सहनीले विज्ञप्ति जारी गर्दै गृहमन्त्री स्वयं घटनास्थल पुगेर पीडित परिवारसँग प्रत्यक्ष संवाद गर्न माग गरेका हुन्।

विज्ञापन

मासूम बालिकाको नृशंस हत्याले समग्र प्रदेश शोकाकूल र आक्रोशित बनेको उल्लेख गर्दै अभियानले दोषीलाई कारबाही गर्न र पीडितलाई न्याय दिलाउन सरकार गम्भीर नदेखिएको आरोप लगाएको छ।

अल्टिमेटम दिइएको समयभित्र गृहमन्त्री घटनास्थल नपुगे त्यसलाई सरकारको असंवेदनशीलता र गैरजिम्मेवारीका रूपमा लिइने जनाइएको छ। माग पूरा नभए चरणबद्ध रूपमा कडा आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने चेतावनीसमेत अभियानले दिएको छ।

अभियानले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न तथा पीडित परिवारलाई आवश्यक सुरक्षा, सम्मान र न्यायको प्रत्याभूति दिलाउन सरकारसँग जोडदार माग गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka