Premier Cables
Premier Steel

समाचार

अविरल वर्षा र पहिरोले रोल्पामा वितण्डा: ५ दिनमा १७ जनाको मृत्यु, १ अझै बेपत्ता

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन ३१, २०८३  | बिहान ९:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

रोल्पा । निरन्तरको अविरल वर्षासँगै आएको पहिरोले रोल्पाको पूर्वी क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। पछिल्लो पाँच दिनको अवधिमा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ भने एक जना अझै बेपत्ता रहेका छन्।

शनिबार राति परेको भीषण वर्षाका कारण रोल्पाको लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा घर पुरिँदा ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको छ। पहिरोले घर पूरै बगाएपछि उनको घटनास्थलमै ज्यान गएको हो।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बुधबारयता जिल्लाका विभिन्न स्थानमा लगातार पहिरो जाँदा मानवीय क्षति बढेको हो। पहिरोमा परी बेपत्ता भएका एक जनाको खोजी कार्य जारी रहेको र प्रभावित क्षेत्रमा नेपाल प्रहरी तथा स्थानीयवासीको टोली उद्धार तथा राहत कार्यमा खटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए।

लगातारको वर्षाका कारण जिल्लाका ग्रामीण सडकहरू अवरुद्ध भएका छन् भने पहिरोको उच्च जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सर्न प्रहरी र स्थानीय प्रशासनले आग्रह गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa