Premier Cables
Premier Steel

विराटनगर

केसलिया खाेलाकाे बाढी विराटनगरकाे बस्तीमा पस्याे, १२० घर डुबानकाे जाेखिममा

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, जेठ १७, २०८२  | अपराह्न २:५० बजे
Hamro Biratnagar Headlines

विराटनगर । कोसी प्रदेशको पहाडी क्षेत्रमा भई रहेको भारी वर्षाका कारण विराटनगरको केसलिया खोलामा बाढी आएकाे छ। केसलियाकाे पानी विराटनगर महानगरपािलका वडा न. १२ काे नयाँ बस्तीमा पसेकाे ५ । बाढीको पानी बस्तीतर्फ पस्दा १२० घर जोखिममा परेका छन्। मौसमअनुकूल वर्षा सुरु हुनुअगावै विराटनगरमा बाढीको खतरा देखापर्न थालेको हो।

गत वर्ष पनि यही स्थानमा नदी कटान भएर बस्तीमा पानी पसेको थियो। यसपालि विराटनगरमा ठूलो वर्षा नभए पनि नदीले बस्तीलाई असर पु¥याएको देखिन्छ। वर्षा सुरु भएसँगै स्थिति अझ भयावह बन्न सक्ने अनुमान छ ।

बिज्ञापन

बाढीले बाँध फुटाएर पानी प्रवेश गरेको स्थानमा हाल महानगर प्रहरी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले तटबन्ध निर्माण गरी पानीको प्रवाह रोक्ने प्रयास गरिरहेका छन्। सानो भेल भएर बस्तीमा प्रवेश गरेको पानी समयमै नियन्त्रण गर्न नसकिए थप क्षति हुने देखिएको छ ।

गत वर्ष यस स्थान कमजोर रहेको थाहा हुँदाहुँदै पनि हिउँदको समयमा उचित तयारी नगरिँदा अहिले बाढीको समयमा प्रहरी र स्थानीय बासिन्दाले ठूलो चुनौती सामना गर्नुपरेको छ। प्रत्येक वर्ष विराटनगरमा बाढीले ठूलो मात्रामा क्षति पु¥याउँछ, तर सरकार यसतर्फ विशेष चासो देखाउँदैन।

भर्खरै सार्वजनिक भएको बजेटमा विराटनगरलाई बाढीमुक्त बनाउन कुनै योजना नल्याइएको भन्दै स्थानीय सरकार र बासिन्दाले असन्तोष व्यक्त गरेका छन्।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालालेले विराटनगर बाढीको जोखिममा सधैं रहेको बताएका छन् । यसका लागि दीर्घकालीन समाधानको रूपमा तटबन्ध निर्माण गर्न केन्द्र सरकारसँग बारम्बार आग्रह गर्दै आएको सुनाए । तर, केन्द्र र प्रदेश सरकारले यसमा कुनै चासो नदेखाएको उनको आरोप छ । उनले भने,’महानगरसँग दुई खोलाको व्यवस्थापन गर्न आवश्यक बजेट छैन, हामी माथिल्लो सरकारकोविर सहयोगका लागि हेर्छौं, तर माथिल्ला तहले हामीलाई बेवास्ता गरेको छ।’

मौसम पूर्वानुमान विभागले यस वर्ष भारी वर्षा हुने सम्भावना रहेको बताएको छ। सिंङ्घिया र केशलिया खोलाका आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन र सरकारलाई बाढी प्रभावित क्षेत्रतर्फ ध्यान दिन अपिल गरिएको छ।

विराटनगरलगायत बाढी प्रभावित क्षेत्रको दीर्घकालीन समाधानका लागि सरकारको चासो र सक्रियता आवश्यक छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka