Premier Cables
Premier Steel

समाचार

कोशी प्रदेशमा २७ महिना लामो एमाले-काँग्रेस गठबन्धन तोडियो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन २७, २०८३  | साँझ ६:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। कोशी प्रदेश सरकारमा सहभागी नेपाली काँग्रेसका ४ जना मन्त्री र १ जना राज्यमन्त्रीले राजीनामा दिएसँगै एमाले र काँग्रेसबिचको २७ महिना लामो सत्ता गठबन्धन तोडिएको छ।

विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा सम्पन्न मन्त्रिपरिषद्को बैठक लगत्तै काँग्रेसका मन्त्रीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन्।

बिज्ञापन

राजीनामा बुझाउने मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ रहेका छन्।

गठबन्धन परिवर्तन र सरकार विस्तारको तयारी
केन्द्रमा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बिच साउन दोस्रो साता भएको तीन बुँदे सहमति अनुरूप काँग्रेस सरकारबाट बाहिरिएको हो।

काँग्रेसको बहिर्गमनसँगै अबको दुई दिनभित्र नेकपा सरकारमा सहभागी हुने तयारी भइरहेको छ। यो फेरबदलसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार छैटौं पटक विस्तार हुने भएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa