Premier Cables

अपराध

विश्वासघातको मुद्दामा मिलापत्रपछि अभिषेक गिरी छुटे

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन २५, २०८३  | साँझ ७:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

​विराटनगर । कटहरीस्थित पेट्रोल पम्प, जग्गा र भौतिक संरचना कब्जा गरेको आरोपमा पक्राउ परेका आपराधिक पृष्ठभूमिका अभिषेक गिरी सोमबार रिहा भएका छन्।
​
सरकारी वकिल कार्यालय मोरङमा जाहेरवालासँग लेनदेन विवाद मिलेपछि दुवै पक्षबीच औपचारिक मिलापत्र भएको हो।
​के थियो घटना?

मोरङको कटहरी गाउँपालिका–४ मा दिलिपकुमार चौधरी र दिनेश ठाकुरको संयुक्त स्वामित्वमा रहेको रु. ४ करोड मूल्य बराबरको पेट्रोल पम्प व्यवसायमा आर्थिक समस्या आएपछि उनीहरूले बिक्री गर्ने निर्णय गरेका थिए। सो समयमा मोरङ कारागारमा कैद भुक्तान गरिरहेका गिरीले चौधरीलाई कारागारमै बोलाएर भेटेका थिए।

विज्ञापन

​त्यसपछि गिरी र उनकी दिदी अर्पणा तुलाधर गिरीले चौधरीलाई विश्वासमा पारी थोरै रकम मात्र दिएर अनेक जालझेल र षड्यन्त्रपूर्वक उक्त सम्पूर्ण सम्पत्ति हडपेर दिदीको नाममा गराएको आरोप लागेको थियो। चौधरीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले गिरीलाई पक्राउ गरी आपराधिक विश्वासघात तथा ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो।

​मिलापत्र र वर्तमान स्थिति
जिल्ला न्यायाधिवक्ता लेखनाथ ढकालका अनुसार सोमबार दुई पक्षबीच २० लाख रुपैयाँ लेनदेन भई हिसाबकिताब चुक्ता भएको छ। जाहेरवाला चौधरीले कुनै कारोबार बाँकी नरहेको र मुद्दा अघि बढाउनु नपर्ने जनाएपछि सरकारी वकिल कार्यालयमै मिलापत्र गराइएको हो।

​मिलापत्रसँगै पेट्रोल पम्प हडपेको मुद्दा साम्य भए तापनि गिरीविरुद्ध कारागार प्रशासन र कैदीबन्दीको भत्तासँग जोडिएका अन्य प्रकरणमा भने प्रहरी अनुसन्धान अझै जारी रहेको ढकालले जानकारी दिएका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka