विराटनगर | स्थानीय बजारमा सुनचाँदीको मूल्य आज उल्लेख्य रूपमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८ हजार रुपैयाँले बढेर २ लाख ९६ हजार रुपैयाँ पुगेको हो ।
अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
बिज्ञापन
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ९५ रुपैयाँले वृद्धि भएको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ४ हजार ५७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यसको मूल्य ४ हजार ४७५ रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनचाँदीको मूल्य उच्च रहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज सुन प्रतिऔँस ४ हजार २६५ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ६२ अमेरिकी डलरमा कारोबार भएको छ ।