Premier Cables
Premier Steel

अपराध राष्ट्रिय समाचार

सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन १४, २०८३  | अपराह्न ३:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सिरहा ।  सुनसरीमा भएको दुई समुदायबीचको झडपको असर सिरहामा पनि देखिएको छ। बिहीबार  दुई पक्षबीच भएको झडपपछि सिरहाको अवस्था तनावपूर्ण बनेसँगै स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

कर्फ्यु आदेश जारी भए पनि प्रदर्शन रोकिएको छैन। प्रदर्शनकारीले आगजनी र तोडफोड गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको छ। घटनामा दुई जना घाइते भएका छन्। घाइते दुवै जनालाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ।

बिज्ञापन

प्रदर्शनका क्रममा केहीबेरअघि प्रदर्शनकारीले एक मोटरसाइकल ग्यारेजबाट मोटरसाइकल निकालेर आगजनी गरेका थिए। आगलागीबाट ११ वटा मोटरसाइकल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ भने प्रशासनले सर्वसाधारणलाई कर्फ्युको पालना गर्न आग्रह गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa