Premier Cables

अर्थ

व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल धरौटीमा रिहा गर्न आदेश

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ०१, २०८३  | बिहान ७:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ। जिल्ला अदालत काठमाडौँले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा पक्राउ परेका बिचौलिया दीपक भट्ट र व्यापारी सुलभ अग्रवाललाई धरौटीमा छाड्ने आदेश दिएको छ।

न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले एक साता लामो निरन्तर सुनुवाइपछि बिहीबार यस्तो थुनछेक आदेश जारी गरेको हो।

विज्ञापन

अदालतले बिमासम्बन्धी कसुरमा सुलभ अग्रवालसँग दुई करोड र दीपक भट्टसँग डेढ करोड रुपैयाँ धरौटी माग गरेको छ। त्यस्तै, धितोपत्रसम्बन्धी कसुरमा अग्रवाललाई डेढ करोड र भट्टलाई एक करोड रुपैयाँ धरौटी तोकिएको छ।

यसका साथै, हिमालयन रिइन्स्योरेन्सको संस्थापक शेयर बिक्री गरेको अर्को मुद्दामा समेत अदालतले व्यापारी सुलभ अग्रवालसँग थप दुई करोड ३० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka