Premier Cables
Premier Steel

समाचार

कांग्रेसद्वारा सातै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने तयारी, प्रदेशका मन्त्री फिर्ता बोलाउने

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ३१, २०८३  | साँझ ४:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

 

विराटनगर । नेपाली कांग्रेसले देशका सातै वटा प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निष्कर्ष निकालेको छ । पार्टीभित्र एमालेसँगको समीकरण तोडेर नयाँ राजनीतिक विकल्प खोज्ने कसरत तीव्र रूपमा सुरु भएको छ ।

बिज्ञापन

स्रोतका अनुसार कांग्रेस नेतृत्वले एमालेसँगको विद्यमान सहकार्यलाई अब निरन्तरता दिन नसकिने स्पष्ट निष्कर्ष निकालेको हो । गत वर्षको ‘जेन-जी’ आन्दोलनलाई हेर्ने दृष्टिकोणमा दुई दलबीच मतभेद हुनु र विभिन्न प्रदेश सरकारहरूमा एमालेले देखाएको व्यवहारप्रति कांग्रेसभित्र चरम असन्तुष्टि बढ्नु नै यो निर्णयको मुख्य कारण रहेको बुझिएको छ ।

यसै पृष्ठभूमिमा कांग्रेसले अब सातै प्रदेशका सरकारहरूबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने आन्तरिक तयारी थालेको छ । मन्त्रीहरू फिर्ता बोलाएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग हुने समझदारीका आधारमा प्रदेश सरकारहरूको नयाँ रणनीति तय गरिने बुझिएको छ । दुई दलबीच सहमति बनेको खण्डमा कांग्रेस माओवादीसँग मिलेर नयाँ प्रदेश सरकारहरू गठन प्रक्रियामा सहभागी हुनेछ, अन्यथा केन्द्रमा जस्तै प्रदेशहरूमा पनि विपक्षमा बस्ने रणनीति कांग्रेसको छ ।

यसै राजनीतिक घटनाक्रमको सिलसिलामा नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल समेत भइसकेको छ । उक्त भेटवार्तामा केन्द्रमा बन्न सक्ने नयाँ सत्ता समीकरणसँगै प्रदेश सरकारहरूको भविष्य र सत्ता साझेदारीका सम्भावित मोडालिटीबारे विस्तृत कुराकानी भएको स्रोतको दाबी छ ।

कांग्रेसले एमालेसँगको सहकार्य अन्त्य गर्ने र नयाँ समीकरण बनाउने विषयमा अहिलेसम्म कुनै औपचारिक निर्णय भने सार्वजनिक गरिसकेको छैन । तर दुवै दलका शीर्ष नेताहरूबीच संवाद निरन्तर जारी रहेको छ । यसैबीच कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको वर्तमान सहकार्यलाई ‘उकुसमुकुसपूर्ण’ संज्ञा दिँदै पार्टी यसबाट मुक्त हुन चाहेको बताएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa