Premier Cables
Premier Steel

समाचार

प्रतिनिधिसभामा पुगेका प्रधानमन्त्री बालेन र रवि करिब २० मिनेटमै बाहिरिए

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ३०, २०८३  | अपराह्न २:३४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने करिब २० मिनेट बसेपछि बैठकबाट बाहिरिएका छन्।

दिउँसो १ बजेर ३७ मिनेटमा प्रतिनिधिसभा बैठक कक्षमा प्रवेश गरेका प्रधानमन्त्री शाह र सभापति लामिछाने केहीबेर बैठकमा सहभागी भएका थिए। उनीहरू करिब २० मिनेटपछि बैठकबाट बाहिरिएका हुन्।

बिज्ञापन

बैठकमा प्रवेश गर्नुअघि उनीहरूले सभामुख डोलप्रसाद अर्यालसँग करिब पाँच मिनेट छलफल गरेका थिए। छलफलपछि दुवै नेता प्रतिनिधिसभा बैठकमा सहभागी भएका थिए।

उनीहरू बैठकबाट बाहिरिनुको कारण भने सार्वजनिक गरिएको छैन। बैठकमा भने संसद्को निर्धारित कार्यसूचीअनुसार छलफल अघि बढाइएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa