Premier Cables
Premier Steel

विराटनगर

नेपाल प्रहरीले भन्यो- ठगी र आपराधिक विश्वासघातको कसूरमा अभिषेक गिरी पक्राउ

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार २३, २०८३  | राती ११:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

​काठमाडौँ । निर्माण व्यवसायीलाई विभिन्न आयोजनाको ठेक्का पारिदिने र काम सम्पन्न गरिदिने भन्दै करोडौँको ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा मोरङका अभिषेक गिरी पक्राउ परेको नेपाल प्रवेश प्रस्ट गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले उनलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको छ।

बिज्ञापन

​के थियो घटना?
नेपाल प्रहरीले जारी गरेको ​विज्ञप्तिका अनुसार, निर्माण व्यवसायी (जाहेरवाला) सुभाष श्रेष्ठलाई प्रतिवादी अभिषेक गिरीले आफ्नो विभिन्न व्यक्तिहरूसँग चिनजान र पहुँच भएको दाबी गर्दै आयोजनाको ठेक्का पारिदिने विश्वास दिलाएका थिए।

श्रेष्ठलाई परेको ठेक्काको काम गिरीकै ‘आर.सी. सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रा.लि.’ मार्फत नियमानुसार सम्पन्न गरिदिने आश्वासन दिइएको थियो।

​तर, आश्वासन बमोजिम काम नगरी ठेक्का सम्झौता रद्द भएपछि जाहेरवाला श्रेष्ठलाई ठूलो हानि नोक्सानी पुग्न गएको थियो।

​काम नगरेको मात्र नभई गिरीले श्रेष्ठको निर्माण कार्यमा प्रयोग हुने सवारी साधनहरू समेत कब्जामा लिएका थिए। तीमध्ये केही सवारी साधनहरू जाहेरवालालाई जानकारी नै नदिई कवाडीमा बिक्री गरेको र अन्य सवारी साधनहरू कब्जामा लिई डर-त्रास देखाई काठमाडौँ जिल्लास्थित घर जग्गा समेत राजीनामा पास गरी लिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

यति मात्र नभई, जाहेरवालाले अन्य व्यक्तिहरूबाट प्राप्त गर्नुपर्ने रकम समेत प्रतिवादी गिरीको नाममा चेक काट्न दबाब दिई आर्थिक लाभ लिएको र जाहेरवालालाई ठगी तथा आपराधिक विश्वासघात गरेको प्रहरीले जनाएको छ।

​उक्त ठगी र आपराधिक विश्वासघात सम्बन्धी कसूरमा कानून बमोजिम कारबाहीका लागि परेको जाहेरी दरखास्तका आधारमा काठमाडौँ जिल्ला अदालतले मिति असार २२ गते पक्राउ पूर्जी जारी गर्ने अनुमति दिएको थियो। सोही अनुमति पश्चात ब्यूरोले गिरीलाई पक्राउ गरेको हो।

​प्रहरी वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी अनुपम शमशेर ज.ब.रा. का अनुसार पक्राउ परेका गिरीमाथि थप अनुसन्धान कार्य जारी रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa