Premier Cables
Premier Steel

विराटनगर समाचार

मोरङमा एकै दिन लागूऔषधविरुद्ध प्रहरीको ठूलो अपरेशन, ८ जना पक्राउ

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार १८, २०८३  | बिहान १०:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ प्रहरीले एकै दिन तीन फरक स्थानमा सञ्चालन गरेको लागूऔषध नियन्त्रण अभियानमा ८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ठूलो परिमाणमा ब्राउन सुगर तथा विभिन्न प्रकारका लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असार १७ गते साँझ करिब ५:५० बजे पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १० मंगलबारेस्थित मोतिराज लिम्बुको घरमा छापा मार्दा १९६ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ। घटनामा रंगेली नगरपालिका–६ का ३३ वर्षीय मिथुन शाह र पथरीशनिश्चरे १० का ३३ वर्षीय मोतिराज राईलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पथरीमा राखी थप अनुसन्धान भइरहेको छ।

बिज्ञापन

यस्तै, सोही दिन राति करिब १० बजे सुन्दरहरैँचा नगरपालिकावडा नम्बर ६ दुर्गा मन्दिर टोलस्थित उदयबहादुर लिम्बुको घरमा प्रहरीले छापा मार्दा उनका छोरा २१ वर्षीय सुमन लिम्बुको कोठाबाट ३६ ग्राम ११ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। यस घटनामा सुमन लिम्बु र २३ वर्षीय युराज मगरलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बेलबारीमा अनुसन्धान भइरहेको छ।

त्यसैगरी, राति करिब १०:३० बजे सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १० त्रिबेणी चोकमा शंकास्पद अवस्थामा हिँडिरहेका चार जनामाथि चेकजाँच गर्दा ट्रामाडोल २३० पिस र स्पास २३० पिस गरी जम्मा ४६० पिस लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

यस घटनामा सुन्दरहरैँचा १० का २६ वर्षीय भानुभक्त लिम्बु, २२ वर्षीय विप्लव परियार, सुन्दरहरैँचा ८ का २५ वर्षीय किरण राई तथा बेलबारी नगरपालिका–२ का २५ वर्षीय सुशील राई पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठका अनुसार तीनवटै घटनाका पक्राउ परेका व्यक्तिमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa