Premier Cables
Premier Steel

अपराध

कोशीमा लागूऔषधसहित ११ जना पक्राउ, ब्राउन सुगरदेखि गाँजासम्म बरामद

Calendar बिहिबार, भाद्र १९, २०८२  | अपराह्न १२:२० बजे

विराटनगर । मोरङ, सुनसरी, उदयपुर र इलाम जिल्लाबाट लागूऔषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। भदौ १८ गते विशेष सूचनाका आधारमा विभिन्न स्थानमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

मोरङको कानेपोखरी गाउँपालिका-६ का मिनबहादुर बस्नेतलाई प्रहरीले उनको घरबाट ४९.८६ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पथरी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।

बिज्ञापन

सुनसरीको इटहरी-२ मा चेकजाँचको क्रममा धरानका अनिल राई, प्रेमबहादुर राई, झापाका सन्तोष बस्नेत र मोरङका प्रतिक भण्डारीलाई ८५० क्याप्सुल ट्रामाडोल र ८५ क्याप्सुल स्पाससहित पक्राउ गरिएको छ।

इलाम नगरपालिकाका रमेश श्रेष्ठ, मनबहादुर बुर्जा मगर र प्रकाश राईलाई इलामबाट ३..४७ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ।

उदयपुरको कटारी-४ बाट दिपेन राईलाई प्रतिबन्धित औषधि ४० ट्याब्लेटसहित, पुनम थापा मगर र अभिषेक थापा मगरलाई १. १४ किलो गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

संबन्धित सबैलाई लागूऔषध मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka