Premier Cables

समाचार

एलबीईएफमा राउण्ड टेबल परिवारका संस्थाहरूको संयुक्त रक्तदान समपन्न

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०८, २०८३  | राती ८:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । ४१ क्लब्स नेपाल, राउन्ड टेबल नेपाल, लेडी सर्कल नेपाल, अगोरा क्लब नेपाल तथा ट्याङ्जेन्ट क्लब्स अफ नेपालको संयुक्त आयोजनामा लर्ड बुद्ध एजुकेशन फाउन्डेसन (एलबीईएफ) मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

“रक्तदान जीवनदान, रक्तदान महादान” भन्ने मूल सन्देशका साथ आयोजित कार्यक्रममा विभिन्न संस्थाका पदाधिकारी तथा सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा ४१ क्लब्स नेपालका अध्यक्ष पंकज जालान, राउन्ड टेबल नेपालका सचिव साकेत अग्रवाल, लेडी सर्कल नेपालकी अध्यक्ष शिवानी अग्रवाल, अगोरा नेपालकी अध्यक्ष सायर जैन तथा ट्याङ्जेन्ट नेपालकी उपाध्यक्ष रश्मि बजोरियालगायतको उपस्थिति रहेको थियो।

विज्ञापन

आयोजकका अनुसार पाँचवटै संस्थाबाट करिब ३० जनाको सहभागिता रहेको कार्यक्रममा रक्तदानमार्फत मानव जीवन बचाउन सकिने सन्देश प्रवाह गरिएको थियो। सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले नियमित रक्तदानको महत्वबारे समेत जनचेतना अभिवृद्धि गर्ने उद्देश्य व्यक्त गरेका थिए।

टीयू लायन्स ब्लड ट्रान्स्फ्युजन एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमले आवश्यक रगतको आपूर्ति व्यवस्थापनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। आयोजकहरूले आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक सेवामूलक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka