Premier Cables
Premier Steel

विराटनगर

देशभरमै विराटनगर राउण्ड टेबल ५ उत्कृष्ट, जित्यो ६ विधाका उपाधि

Calendar आइतबार, भाद्र ०८, २०८२  | राती ९:०४ बजे

विराटनगर । नेपाल भरिका राउण्ड टेबल मध्ये विराटनगर राउन्ड टेबल ५ उत्कृष्ट घोषित हुँदै विभिन्न ६ वटा विधामा पुरस्कृति भएको छ ।

काठमाडौको सोल्टी होटलमा आयोजित साधारण सभामा विराटनगर राउण्ड टेबल ५ ले गाला नाइटमा लगभग सबै अवार्ड आफ्नो नाममा पार्दै ऐतिहासिक सफलता हासिल गरेको हो।

बिज्ञापन

यस वर्षको कार्यक्रममा राउण्ड टेबल नेपालले आफ्नो गौरवमय २५ वर्षको यात्रासमेत मनाएको छ ।

उत्कृष्ट अध्यक्षमा विराटनगर राउण्ड टेबल ५ का पियुष लुनिया, उत्कृष्ट सचिवमा राजन भगत, उत्कृष्ट फन्ड रेजर अवार्ड, आरएन्टी कार र्‍याली, बेस्ट टेबलको उपाधि जितेको हो । यसैगरी पियुष लुनियाले आसपा स्टार अवार्ड र लुनियाले नै नाइट्स अफ राउण्ड टेबलको उपाधि जितेका छन् । यो विराटनगरका लागि उल्लेखनीय उपलब्धि भएको बताइएको छ ।

विराटनगर राउण्ड टेबल ५ ले लगभग सबै उपाधि जितेर इतिहास रचेको हो । यस वर्षको कार्यक्रममा राउण्ड टेबल नेपालले आफ्नो गौरवमय २५ वर्षको यात्रासमेत मनाएको छ । साधारण सभामा देशभरका ३१ राउण्ड टेबलका पदाधिकारी सहभागी थिए ।

राउन्ड टेबल नेपालले आफ्नो २५ वर्षे यात्रामा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र आपतकालीन राहत क्षेत्रमा योगदान गरेको छ । सन् १९८९ मा चन्द्रकुमार गोल्छाको पहलमा यो संस्था स्थापना भएको हो । यो संस्था नेपालका १२ सहरमा सक्रिय छ । र, अन्तर्राष्ट्रिय रूपमा ५८ देशका ३० हजारभन्दा बढी सदस्यहरूसँग जोडिएको छ ।

शिक्षा क्षेत्रमा ‘फ्रिडम थर्ड एजुकेसन’ परियोजनाअन्तर्गत संस्थाले देशभर ६० भन्दा बढी विद्यालय र करिब ४०० कक्षाकोठा निर्माण गरी हजारौँ विपन्न बालबालिकालाई सुरक्षित र गुणस्तरीय अध्ययन वातावरण उपलब्ध गराइसकेको छ ।

पछिल्ला वर्षमा यी विद्यालयहरूलाई पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, सरसफाइ र खानेपानीसहित ‘मोडेल स्कुल’मा परिणत गरिएको छ ।

‘एजुकेसन अ चाइल्ड’ अभियानमार्फत प्रत्येक वर्ष एक हजारभन्दा बढी विद्यार्थीलाई शुल्क, पोसाक, पुस्तक र शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको छ ।

स्वास्थ्य क्षेत्रमा, राउन्ड टेबल नेपालले दशकौँदेखि रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । थालासेमियाबाट पीडित बालबालिकाका लागि दीर्घकालीन उपचारमा सहयोग पुर्‍याउँदै आएको छ ।

वातावरण संरक्षणमा ‘ग्रिनर नेपाल’ अभियानमार्फत हरेक वर्ष एक लाखभन्दा बढी वृक्षारोपण भइरहेको संस्थाले जनएको छ ।

प्रोजेक्ट केयर सगरमाथा सफाईअन्तर्गत सगरमाथा क्षेत्रमा सफाइ अभियान सञ्चालन गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
Advertisement
Bajaj Premier League

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka