Premier Cables
Premier Steel

विराटनगर

नेपालमै पहिलो पटक विराटनगरमा सनातन सम्मेलन, सबै तयारी पूरा

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार ०५, २०८३  | अपराह्न २:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । असार ६ गते विराटनगर–१  स्थित जिल्ला प्रहरी कार्यालय मोरङ नजिकको खाली मैदानमा आयोजना हुने सनातन सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ।

सम्मेलनमा भारतको प्रसिद्ध धार्मिकस्थल ऋषिकेशस्थित जुना अखाडाका आचार्य महामण्डलेश्वर स्वामी अवधेशानन्द गिरीको विशेष प्रवचन रहनेछ।

बिज्ञापन

आयोजकका अनुसार बिहान ११ बजेदेखि सुरु हुने सम्मेलनमा नेपाल र भारतका विभिन्न क्षेत्रबाट १५ हजारभन्दा बढी भक्तजन तथा धर्मावलम्बीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
सम्मेलनमा स्वामी अवधेशानन्द गिरीसँगै किराँत धर्मका प्रमुख गुरु तथा फाल्गुनन्दका अवतारका रूपमा सम्मानित मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ तथा अन्तर्राष्ट्रिय बौद्ध महासंघ नेपाल च्याप्टरका अध्यक्ष अद्वेय फुपु खेम्बे शेर्पा थुप्तेन जिग्दोलको पनि सहभागिता रहने आयोजक समितिले जनाएको छ।

आगन्तुक भक्तजनका लागि टेन्ट, कुर्सीलगायत आवश्यक व्यवस्थापन पूरा भइसकेको र हाल कार्यक्रमस्थलको सजावट तथा अन्तिम तयारीको काम भइरहेको समितिले जानकारी दिएको छ।

विश्व हिन्दु परिषद् विराटनगर महानगर समितिका सचिव सन्तोष गिरीका अनुसार सम्मेलनमा हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीहरूको उल्लेखनीय सहभागिता रहनेछ। उनले नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालुहरू सम्मेलनमा सहभागी हुन आउने बताए।

सनातन सम्मेलनका प्रमुख वक्ता स्वामी अवधेशानन्द गिरी विश्वभरका हिन्दु धर्मावलम्बीमाझ परिचित आध्यात्मिक व्यक्तित्व हुन्। सन् २००८ मा ‘हिन्दु पुनर्जागरण पुरस्कार’बाट सम्मानित गिरी जुना अखाडाका आचार्य महामण्डलेश्वर हुन्। जुना अखाडा नागा साधुहरूको सबैभन्दा ठूलो अखाडाका रूपमा परिचित छ। स्वामी गिरीले हालसम्म करिब १० लाख नागा साधुहरूलाई सन्यास दीक्षा प्रदान गरिसकेको उल्लेख गरिएको छ। उनी ‘हिन्दु धर्म आचार्य सभा’का अध्यक्ष तथा ‘वर्ल्ड काउन्सिल अफ रिलिजियस लिडर्स’का बोर्ड सदस्यसमेत हुन्।

आध्यात्मिक गुरुका साथै आधुनिक विचारक र प्रभावशाली वक्ताका रूपमा परिचित गिरीले जलवायु परिवर्तन, वातावरण संरक्षण तथा विभिन्न धर्म–सम्प्रदायबीचको सद्भाव र भ्रातृत्वका विषयमा सन् २०१९ मा संयुक्त राष्ट्रसंघ (यूएन) मुख्यालयमा समेत सम्बोधन गरेका थिए।

धार्मिक तथा आध्यात्मिक क्षेत्रका जानकारहरूले स्वामी अवधेशानन्द गिरीको नेपाल भ्रमणलाई नेपाल सरकारले अघि बढाएको ‘देवभूमि नेपाल अभियान’लाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa