Premier Cables

कोशी प्रदेश

कोशी प्रदेशका आन्तरिक मामिला मन्त्रीको सरकारी निवासमा प्रहरीले हान्यो छापा !

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार ०५, २०८३  | अपराह्न १:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित सरकारी निवासमा प्रहरीले मध्यराति खानतलासी गरेको घटना सार्वजनिक भएको छ।

मुख्यमन्त्री हिक्मत कुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलका अनुसार बिहीबार राति करिब ११ बजे विराटनगर महानगरपालिका–३ स्थित ल क्याम्पस नजिक रहेको मन्त्री निवासमा प्रहरी टोली पुगेको थियो। टोलीले निवासका विभिन्न कोठामा खोजतलास गरेको बताइएको छ।

विज्ञापन

प्रहरीले कुन उद्देश्यले मन्त्री निवासमा खानतलासी गरेको हो भन्ने विषय भने तत्काल खुल्न सकेको छैन। घटनाका बेला मन्त्री पराजुली निवासमा उपस्थित थिएनन्। उनी एक कार्यक्रममा सहभागी हुन संखुवासभामा रहेको जनाइएको छ।

मन्त्री पराजुलीले आफूलाई राति प्रहरी आफ्नो निवास पुगेको जानकारी प्राप्त भएको बताएका छन्। प्रहरी टोलीले निवासका विभिन्न भागमा खोजतलास गरे पनि त्यसको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

यस घटनाप्रति संघीय संसद्को प्रतिनिधिसभामा समेत चासो व्यक्त गरिएको छ। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा धनकुटाका सांसद राजेन्द्र राईले मन्त्रीको अनुपस्थितिमा सरकारी निवासमा गरिएको भनिएको खानतलासीबारे प्रश्न उठाएका थिए।

घटनाबारे मुख्यमन्त्री कार्यालयले बुझ्दा जिल्ला प्रशासन कार्यालयबाट विमल भट्टराई नामका एक फरार व्यक्तिको खोजी गर्ने क्रममा प्रहरी मन्त्रीको निवास भन्ने थाहा नपाई त्यहाँ पुगेको भन्ने जानकारी आएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka