Premier Cables
Premier Steel

खेलकुद

विश्वकपमा क्यानडाको ऐतिहासिक जित, कतारमाथि ६-० को शानदार विजय

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार ०५, २०८३  | बिहान ८:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । क्यानडाले समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा ऐतिहासिक जित दर्ता गरेको छ। विश्वकप इतिहासमा क्यानडाले पहिलोपटक समूह चरणको खेलमा विजय हासिल गरेको हो।

कतारविरुद्धको खेलमा क्यानडाले उत्कृष्ट प्रदर्शन गर्दै ६–० को फराकिलो जित निकालेको हो। यो नतिजा क्यानडाको विश्वकप इतिहासकै सबैभन्दा ठूलो जितसमेत बनेको छ।

बिज्ञापन

क्यानडाले पहिलोपटक सन् १९८६ मा विश्वकपमा सहभागिता जनाएको थियो भने त्यसपछि सन् २००२ मा पुनः विश्वकप खेलेको थियो। तर दुवै संस्करणमा उसले समूह चरणमा कुनै पनि खेल जित्न सकेको थिएन। यसपटक भने कतारलाई पराजित गर्दै क्यानडाले नयाँ इतिहास रचेको छ।

खेलको १६औँ मिनेटमा क्लाइल केरिनले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए। त्यसपछि ३९औँ मिनेटमा जोनाथन डेभिडले दोस्रो गोल थपे। पहिलो हाफ सकिन केही क्षण बाँकी रहँदा डेभिडले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै क्यानडालाई ३–० को सहज अग्रता दिलाए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa