Premier Cables
Premier Steel

विराटनगर

५७ दिने इलेक्ट्रिसियन तालिम सफलतापूर्वक सम्पन्न, प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार ०४, २०८३  | बिहान १०:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउन र चौधरी फाउन्डेशनको संयुक्त सहकार्यमा सञ्चालन गरिएको ५७ दिने इलेक्ट्रिसियन तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

तालिम समापनको अवसरमा बखरी आधारभूत विद्यालयमा आयोजित विशेष समारोहमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

बिज्ञापन

कार्यक्रमकी प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उप-प्रमुख श्रीमती शिल्पा निराला कार्कीले सीपमूलक तालिमले युवाहरूलाई आत्मनिर्भर बन्न र रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता कार्यक्रमहरूको प्रशंसा गर्नुभयो।

विशिष्ट उपस्थितिका रूपमा चौधरी फाउन्डेशनका सल्लाहकार श्री केशव निरौलाले तालिममार्फत सहभागीहरूले व्यावहारिक ज्ञान र सीप हासिल गरी आफ्नो भविष्य निर्माणमा महत्वपूर्ण कदम चालेको उल्लेख गर्नुभयो।

रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष गिरिजा सारडाले क्लबले समुदायको आवश्यकता पहिचान गरी शिक्षा, सीप विकास र आत्मनिर्भरता अभिवृद्धिका क्षेत्रमा निरन्तर कार्य गरिरहेको बताउनुभयो। उहाँले यस तालिमलाई सफल बनाउन सहयोग गर्ने चौधरी फाउन्डेशन, प्रशिक्षकहरू तथा सम्पूर्ण सहभागीहरूप्रति आभार व्यक्त गर्नुभयो।

Oplus_16908288

समारोहमा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै उनीहरूको मेहनत, लगनशीलता र सफलताप्रति शुभकामना व्यक्त गरिएको थियो। आयोजकहरूले यस्ता सीपमूलक कार्यक्रमहरू भविष्यमा पनि निरन्तर सञ्चालन गरी समुदायमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa