Premier Cables

कोशी प्रदेश

कांग्रेस संस्थापनइतरको भेलामा कोशीका जिल्ला सभापति अनुपस्थित

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०१, २०८३  | अपराह्न १:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको भेलामा कोशी प्रदेशका कुनै पनि जिल्ला सभापति सहभागी भएनन् ।

आइतबार विराटनगरमा सम्पन्न भेलामा पार्टी संरचनाको जिम्मेवारीमा रहेका सीमित नेताहरू मात्रै उपस्थित भएका थिए । कोशी प्रदेश कांग्रेसका महामन्त्री भूपेन्द्र राईका अनुसार प्रदेशका १४ वटै जिल्लाका सभापतिहरू भेलामा सहभागी भएनन् ।

विज्ञापन

प्रदेश सभापति उद्धव थापा पनि कार्यक्रममा अनुपस्थित रहे । प्रदेश समितिबाट महामन्त्री भूपेन्द्र राई, उमेश थापा र कोषाध्यक्ष राजेश गुप्ता सहभागी भएका थिए । महामन्त्री राईले प्रदेश समिति ठूलो भएकाले अन्य पदाधिकारी तथा सदस्यहरू पनि उपस्थित रहेको बताए ।

नेता डा. शेखर कोइरालानिकट मानिने मोरङ कांग्रेस सभापति डिगबहादुर लिम्बू पनि भेलामा सहभागी भएनन् । मोरङका कार्यवाहक सभापति भक्ति माझी भने उपस्थित थिए । झापाबाट जिल्ला सचिव कृष्ण हुमागाईं, क्षेत्रीय सभापति तथा भद्रपुरका मेयर गणेश पोखरेल सहभागी भएका थिए ।

भेलामा संघीय सांसदहरूमध्ये चार जना सहभागी भएका थिए । रुक्मिणी कोइराला, सुशीला ढकाल, गीता सेन्दाङ र रेखा यादव कार्यक्रममा उपस्थित थिए । त्यस्तै कोशी प्रदेशसभा सदस्यहरू भूपेन्द्र राई, केदार कार्की, प्रदेशमन्त्री भीम पराजुली, भूमि राजवंशी, रामकुमार खत्री, खगेश्वरी पौडेल र दयानन्द मण्डललगायत सहभागी भएका थिए । कोशी प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् ।

संस्थापनइतर समूहले विराटनगरको कार्यक्रमलाई ‘ऐतिहासिक भेला’ को संज्ञा दिएको छ । संस्थापनइतर समूहको प्रदेशस्तरीय भेलामा नेता डा. शेखर कोइराला पहिलोपटक सहभागी भएका थिए ।

भेलामा कांग्रेसका पूर्व पदाधिकारीहरू विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला र डा. शशांक कोइरालासहित वर्तमान केन्द्रीय समितिका सदस्य आनन्दसन्तोषी राई पनि सहभागी भएका थिए ।

कार्यक्रममा डा. शेखर कोइरालासहित बलबहादुर केसी, एनपी साउद, डा. मिनेन्द्र रिजाल, मोहन बस्नेत, मीन विश्वकर्मा, सरिता प्रसाईं, उमेशजंग रायमाझी, रामहरि खतिवडा, गोविन्दबहादुर शाह, गुरु बराल, सुजाता परियार, महिन्द्राकुमारी लिम्बू, कुन्दनराज काफ्ले, लक्ष्मी खतिवडा, सरस्वती बजिमय, गोमा भट्टराई र हसन अन्सारीलगायत नेताहरू सहभागी भएका थिए ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka