Premier Cables
Premier Steel

खेलकुद

विश्वकपका लागि इरानी फुटबल टोली अमेरिका पुग्यो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०१, २०८३  | बिहान १०:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । फिफा विश्वकपका लागि इरानको राष्ट्रिय फुटबल टोली अमेरिका पुगेको छ । टोली अमेरिकाको लस एन्जलस पुगेकै दिन इरान र अमेरिकाबीच जारी द्वन्द्व अन्त्य गर्ने सम्झौता घोषणा भएको थियो ।

इरानको विश्वकप उद्घाटन खेल न्युजिल्यान्डविरुद्ध लस एन्जलसमा हुनुभन्दा एक दिनअघि भएको युद्धविराम सम्झौताले थप तनाव बढ्ने आशंका केही कम गरेको छ । तर टोलीसँग जोडिएको राजनीतिक विवाद भने अझै कायमै रहेको छ ।

बिज्ञापन

इरानका स्ट्राइकर मेहदी तारेमीले बीबीसीसँग कुरा गर्दै टोली अमेरिका पुगेदेखि नै जारी तनावले विश्वकपको माहोललाई प्रभावित बनाएको बताएका छन् ।

राजनीतिक अवस्थाका कारण इरानी टोलीको तयारीसमेत प्रभावित भएको थियो । टोलीका सदस्यहरूले भिसा समस्याको सामना गर्नुपरेको थियो भने विश्वकपका लागि तय गरिएको आधार शिविरसमेत मेक्सिको सार्नुपरेको थियो ।

लस एन्जलसमा हुने खेल हेर्न त्यहाँ रहेका ठूलो संख्याका इरानी समुदायका मानिसहरू भने मैदानमा नपुग्ने सम्भावना छ । केहीले फिफाले क्रान्तिअघिको ‘लायन एन्ड सन’ झण्डामाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्ने तयारी गरेका छन् भने केहीले टोलीलाई आफूहरूले विरोध गर्दै आएको शासनको प्रतिनिधिका रूपमा हेर्ने गरेका छन् ।

यता इरानी खेलाडीहरूले भने आफूहरू विश्वकपमा इरानी जनतालाई एकताबद्ध गर्ने र फुटबलमा केन्द्रित हुने उद्देश्यसहित आएको बताएका छन् ।

तर पछिल्लो अवस्थाले देखाएको छ कि इरानी टोलीका लागि खेलकुद र राजनीति एकअर्काबाट अलग राख्न कठिन बनेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka