Premier Cables
Premier Steel

खेलकुद

१६ वर्षको पर्खाइपछि स्पेन विश्वकपको फाइनलमा

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ३१, २०८३  | बिहान ७:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सन् २०२२ को उपविजेता फ्रान्सलाई २–० ले पराजित गर्दै स्पेन १६ वर्षपछि विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

यसअघि सन् २०१० मा विश्वकपको उपाधि जितेको स्पेनले प्रभावशाली प्रदर्शन गर्दै फेरि एकपटक उपाधिनजिक पुग्न सफल भएको हो।

बिज्ञापन

स्पेनको जितमा मिकेल ओर्याजबल र पेड्रो पोरोले एक–एक गोल गरे। खेलको २१औँ मिनेटमा फ्रान्सका लुकास डिग्नेले पेनाल्टी क्षेत्रभित्र लेमिन यामललाई फाउल गरेपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो। उक्त अवसरलाई सदुपयोग गर्दै ओर्याजबलले टोलीलाई अग्रता दिलाए।

दोस्रो हाफको ५८औँ मिनेटमा पेड्रो पोरोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए। ६१औँ मिनेटमा लेमिन यामलले बललाई जाली चुमाए पनि उनी अफसाइडमा रहेका कारण गोलले मान्यता पाएन।

यस हारसँगै फ्रान्स लगातार तेस्रोपटक विश्वकपको फाइनल पुग्ने अवसरबाट वञ्चित भयो। प्रतियोगिताभर पहिलोपटक फ्रान्स गोल गर्न असफल रह्यो।

अब उपाधिका लागि स्पेनले अर्जेन्टिना र इंग्ल्यान्डबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa