Premier Cables
Premier Steel

खेलकुद

डीएलएसमा नेपाल विजयी, फाइनलमा हङकङ पराजित

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ २५, २०८३  | अपराह्न ३:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । वर्षाले प्रभावित एसियन गेम्स छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई पराजित गर्दै नेपालले उपाधि जितेको छ । सिंगापुरमा सोमबार सम्पन्न खेलमा नेपालले डकवर्थ–लुइस–स्टर्न (डीएलएस) पद्धतिका आधारमा १९ रनको जित निकाल्दै च्याम्पियन बन्न सफल भयो ।

हङकङले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर १ सय १४ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो । त्यसबेला डीएलएस गणनाअनुसार नेपाल अगाडि रहेकाले विजेता घोषित गरिएको हो ।

बिज्ञापन

नेपालको जितमा ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै ४० बलमा ६५ रन बनाए । उनले ८ चौका र ३ छक्का प्रहार गरे । रोहित पौडेल २४ बलमा ३५ रन बनाएर अविजित रहे भने कप्तान दीपेन्द्र सिंह ऐरी ९ रनमा क्रिजमा थिए । अर्का ओपनर आशिफ शेख भने खाता नै नखोली आउट भएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । सुरुआती दुई विकेट छिट्टै गुमाए पनि अंशुमन राथ र शिव माथुरले टोलीको इनिङ्स सम्हालेका थिए । माथुरले २१ बलमा २६ रन बनाए ।

अंशुमन राथले उत्कृष्ट प्रदर्शन गर्दै ४५ बलमा ८० रन जोडे । उनले ६ चौका र ६ छक्का प्रहार गरे । विकेटकिपर साहिद वासिफले पनि २८ बलमा ५५ रन बनाउँदै हङकङलाई बलियो योगफलतर्फ डोर्‍याए । कप्तान यासिम मुर्तजाले ९ रन तथा नसरुल्लाह रानाले ८ रन थपे ।

नेपालका लागि शेर मल्ल सर्वाधिक सफल बलर बने । उनले ४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए । करन केसीले २ विकेट हात पार्दा सन्दीप लामिछानेले १ विकेट लिए ।

यो खेल नेपाली कप्तान दीपेन्द्र सिंह ऐरीका लागि विशेष रह्यो । उनले आफ्नो १००औँ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका हुन् । नेपाल र हङकङ दुवै टोली यसअघि नै आगामी एसियन गेम्सका लागि छनोट भइसकेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka