Premier Cables
Premier Steel

विराटनगर

संस्कृत विद्यालयका ५५ जना विद्यार्थीलाई छाता वितरण

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ २२, २०८३  | अपराह्न ३:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । बढ्दो गर्मीलाई मध्यनजर गर्दै रोटरी क्लब अफ विराटनगर डाउनटाउनले दुई संस्कृत विद्यालयका विद्यार्थीहरूलाई छाता वितरण गरेको छ।

क्लबद्वारा आयोजित “Shade of Care” कार्यक्रम अन्तर्गत पञ्चाली संस्कृत विद्यालय तथा पाणिनी संस्कृत विद्यालयका ५५ जना विद्यार्थीलाई छाता वितरण गरिएको हो। विद्यालय आउजाउ गर्दा चर्को घामबाट विद्यार्थीहरूलाई राहत पुगोस् भन्ने उद्देश्यले उक्त सामग्री वितरण गरिएको क्लबले जनाएको छ।

बिज्ञापन

यस परियोजनामा रोटेरियन पूनम राठी तथा रोटेरियन राधिका राठीले सहयोग प्रदान गर्नुभएको थियो।

छाता वितरणबाट विद्यार्थीहरूलाई गर्मी तथा वर्षायाम दुवै समयमा सहजता हुने अपेक्षा गरिएको छ। विद्यालय जाने क्रममा घाम र वर्षाबाट जोगिन सहयोग पुग्ने भएकाले यो सामग्री दीर्घकालीन रूपमा उपयोगी रहने विश्वास व्यक्त गरिएको छ।

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले शिक्षा, स्वास्थ्य तथा सामुदायिक हितका क्षेत्रमा यस्ता मानवीय तथा आवश्यकतामा आधारित कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ।

उक्त जानकारी क्लबकी अध्यक्ष रोटेरियन गिरिजा सारडाले प्रदान गर्नुभएको हो।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka