Premier Cables
Premier Steel

राष्ट्रिय

प्रधानमन्त्रीको सिमा भनाइको विरोधमा विद्यार्थीले गरे प्रदर्शन

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ २२, २०८३  | अपराह्न २:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिको विरोध गर्दै त्रिचन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अगुवाइमा क्याम्पस परिसरमा आयोजित प्रदर्शनमा विद्यार्थीहरूले प्रधानमन्त्रीको भनाइप्रति असहमति जनाउँदै प्लेकार्डसहित विरोध जनाएका हुन्।

बिज्ञापन

प्रदर्शनका क्रममा सहभागीहरूले राष्ट्रियता, सीमा सुरक्षा तथा राष्ट्रिय स्वाभिमानको पक्षमा नाराबाजी गरेका थिए। उनीहरूले ‘हाम्रो भूमि हाम्रो शान, ज्यान दिन्छौँ दिन्नौँ दान’, ‘ग्रेटर नेपाल भन्थ्यौ, चुच्चे नक्सा पनि नरहला जस्तो छ’ तथा ‘राष्ट्रियतामाथि प्रहार सहँदैनौँ’ लगायतका सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

विद्यार्थीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले देशका लागि बलिदान दिएका वीर पुर्खाहरूको सम्मानमा आँच पुर्‍याएको आरोप लगाउँदै त्यसबारे सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन्।

लोकतान्त्रिक व्यवस्थामा प्रधानमन्त्रीको पदको गरिमा र जिम्मेवारीलाई ख्याल गर्नुपर्ने उल्लेख गर्दै प्रदर्शनकारीहरूले ‘यो लोकतन्त्र हो प्रधानमन्त्रीज्यू, र्याप र जोकतन्त्र होइन’ भन्ने नारासमेत लगाएका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa