Premier Cables
Premier Steel

कोशी प्रदेश

कोसीका कर्मचारीलाई सातामा दुई दिन परम्परागत पोसाक अनिवार्य 

खरिद गर्न विशेष भत्ता, शुक्रबार जातीय पोसाक लगाउन सक्ने 

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ १९, २०८३  | अपराह्न १२:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेश सरकारले मातहतका कर्मचारीको पोसाक सम्बन्धी व्यवस्था गरेको छ ।

यस सम्बन्धी नयाँ कार्यविधि राजपत्रमा प्रकासन भएसँगै नयाँ व्यवस्था कार्यान्वयनमा गएको हो । अब कोसीका निजामति कर्मचारीले साताको दुई दिन स्थानीय रुपमा उत्पादित पोसाक लगाउनु पर्नेछ ।

बिज्ञापन

कर्मचारीले सरकारी काममा खटिँदा नेपाल सरकारबाट तोकिए बमोजिमको रङ्ग र किसिमको निजामती पोसाक लगाउनु पर्ने व्यवस्था छ । सामान्यतया पुरुष कर्मचारीले गाढा निलो रंगको पाइन्ट र सेतो सर्ट लगाउने गर्दछन् । यसैगरी महिला कर्मचारीले सोही बमोजिमको सर्टपेन्ट लगाउँछन् । महिला कर्मचारीले गाढा बैजनी रंगको घेरा भएको आकाशे रंगको सारीचोलो समेत लगाउने गर्छन् । कोट पनि गाढा निलो रंग नै लगाउँछन् ।

संघीय सरकारले प्रचलनमा ल्याएको भन्दा फरक साताको दुई दिन अब कोसी प्रदेशका कर्मचारीले स्थानीय उत्पादनलाई प्रवद्र्धन हुने गरी स्थानीय पोसाक लगाउनु पर्नेछ ।

कार्यविधिको दफा (२) उपदफा (१) मा राष्ट्रिय पोसाक सम्बन्धी व्यवस्था छ । तर, प्रदेशका हकमा भने उक्त उपदफामा जुनसुकै कुरा लेखिएको भए तापनि कर्मचारीले सरकारी काममा खटिँदा हप्ताको दुई दिन बुधबार र शुक्रबार प्रदेशले तोके बमोजिमको पोसाक लगाउनु पर्ने व्यवस्था गरिएको छ ।

पुरुष कर्मचारीको पोसाक स्थानीय उत्पादन प्रयोग भएको दौरा, सुरुवाल, कोट वा ब्लेजर वा स्टकोट, ढाका टोपी र ट्यूनिक अनुसारको जुत्ता लगाउनु पर्नेछ । यो बाहेक नेपाल सरकारले तोके बमोजिमको गाढा नीलो रङ्गको पाइन्ट, सेतो सर्ट वा स्थानीय उत्पादन प्रयोग भएको सर्ट, स्थानीय उत्पादन प्रयोग भएको कोट वा ब्लेजर वा स्टकोट र ट्यूनिक अनुसारको जुत्ता लगाउन सक्नेछन् ।

महिला कर्मचारीको पोसाक भने स्थानीय उत्पादन प्रयोग भएको सारी, व्लाउज वा कुर्ता सलवार र ट्यूनिक अनुसारको जुत्ता वा स्यान्डल तोकिएको छ ।

कर्मचारीले सरकारी काममा खटिँदा वा कार्यालयमा उपस्थित भई काम गर्दा प्रत्येक हप्ताको एक दिन शुक्रबार कार्यविधिले तोके बमोजिम पोसाकको सट्टा स्थानीय उत्पादन प्रयोग भएको स्थानीय साँस्कृतिक पहिचान झल्कने पोसाक पनि लगाउन सक्ने छन् ।

आफ्नो कूलधर्म, परम्परा तथा संस्कृति अनुसार आसौच वार्नु पर्ने कर्मचारीले त्यस्तो आसौच वार्नु पर्ने अवधिभर सरकारी काममा खटिँदा कार्यविधि बमोजिम तोकिएको पोसाक लगाउन बाध्य हुने नहुने सरकारले व्यवस्था गरेको छ । जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानूनले तोके बमोजिमको छुट्टै पोसाक लगाउनु पर्ने कर्मचारीले त्यस्तो पोसाक लगाउन बाधा नपर्ने कार्यविधिमा जनाइएको छ ।

साताको दुई दिनका लागि तय गरिएको पोसाक राष्ट्रिय तथा सांस्कृतिक पहिचान झल्किने स्थानीय उत्पादन प्रयोग भएको,मर्यादित, सफा र औपचारिक देखिने,अत्यधिक चम्किला वा अनौपचारिक डिजाइन नभएको,कार्यक्रमको प्रोटोकल वा ड्रेस कोड भए सोही अनुसारको पोसाक लगाउनु पर्नेछ । उता, हिमाली क्षेत्र एवं अत्यधिक चिसो हुने समयमा स्थानीय उत्पादन प्रयोग भएको ओभरकोट वा ज्याकेट वा स्वेटर तथा कपडाको जुत्ता प्रयोग गर्न सकिने कार्यविधिमा छ ।

के छ पोसाक बजेटको व्यवस्था ?

प्रदेश सरकारले तोके बमोजिमको पोसाक खरिद गर्न प्रोत्साहन स्वरुप कर्मचारीलाई प्रत्येक वर्षको चैत्र महिनामा नेपाल सरकारले तोके बमोजिमको पोसाक भत्ताको अतिरिक्त प्रदेश सरकारले थप पाँच हजार पाँच सय रुपैयाँ पोसाक भत्ता प्रदान गर्ने व्यवस्था गरिएको छ ।

कर्मचारीलाई प्रदान गरिने पोसाक भत्ताको लागि आवश्यक रकम सम्बन्धित कार्यालयले आफ्नो वार्षिक बजेट तथा कार्यक्रममा प्रस्ताव गर्नुपर्ने, आर्थिक वर्ष २०८२/८३ मा कर्मचारीलाई उपलब्ध गराइने पोसाक भत्ताका लागि आवश्यक बजेटको व्यवस्था आर्थिक मामिला तथा योजना मन्त्रालयले गर्नेछ ।

कार्यविधि बमोजिम पोसाक भत्ता लिने कर्मचारीले तोकिएको पोसाक प्रयोग गरे नगरेको सम्बन्धमा कार्यालय प्रमुखले नियमित अनुगमन निरीक्षण गरी तोकिएको पोसाक नलगाउने कर्मचारीको अभिलेख राखुपर्ने पनि कार्यविधिमा उल्लेख छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka