Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

अमेरिकी एफ-१५ विमान चिनियाँ मिसाइलबाट खसालिएको दाबी, चीनद्वारा अस्वीकार

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ १८, २०८३  | बिहान ९:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । पश्चिम एसियामा जारी तनावका बीच गत महिना इरानको दक्षिण–पश्चिमी क्षेत्रमा खसालिएको अमेरिकी एफ–१५ई स्ट्राइक इगल लडाकु विमान चिनियाँ प्रविधिमा आधारित मिसाइलबाट निशाना बनाइएको हुन सक्ने दाबी अमेरिकी सञ्चारमाध्यमहरूले गरेका छन्।

अमेरिकी सञ्चारमाध्यम एनबीसी न्युजका अनुसार उक्त विमान काँधमा राखेर प्रहार गर्न सकिने मिसाइलबाट खसालिएको थियो। अमेरिकी अधिकारीहरूको भनाइ उद्धृत गर्दै प्रकाशित समाचारमा यो घटना पछिल्ला केही दशकयता शत्रुपक्षको प्रत्यक्ष आक्रमणबाट अमेरिकी लडाकु विमान खसालिएको पहिलो घटना हुन सक्ने उल्लेख गरिएको छ।

बिज्ञापन

विमानमा सवार दुवै अमेरिकी सैनिक भने सुरक्षित रूपमा बाहिर निस्किन सफल भएका थिए। पाइलटको घटना भएको सात घण्टाभित्र उद्धार गरिएको थियो भने अर्का सैनिकलाई दुई दिनपछि पहाडी क्षेत्रबाट सुरक्षित रूपमा निकालिएको बताइएको छ।

अमेरिकी स्रोतहरूले इरानले सम्भवतः चीनमा निर्मित मिसाइल प्रयोग गरेको हुन सक्ने दाबी गरेका छन्। साथै, चीनले इरानलाई स्टिल्थ विमानसमेत पत्ता लगाउन सक्ने क्षमताको लामो दूरीको राडार प्रणाली उपलब्ध गराएको हुन सक्ने आरोप पनि लगाइएको छ।

अमेरिकी अधिकारीहरूका अनुसार उक्त राडार प्रणालीले सामान्यतया राडारबाट बच्न सफल हुने विमानहरूलाई समेत पहिचान गर्न सक्छ। तर ती सैन्य उपकरण हालै इरानलाई उपलब्ध गराइएका हुन् वा पहिलेदेखि नै इरानको हतियार भण्डारमा रहेका थिए भन्ने विषय स्पष्ट भइसकेको छैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि उक्त विमान काँधबाट प्रहार गरिने मिसाइलबाट निशाना बनाइएको बताएका थिए। उनले सिजिन पिङले चीनले इरानलाई हतियार आपूर्ति नगरेको भन्दै आफूलाई आश्वस्त पारेको दाबी पनि गरेका छन्।

यता चीनले भने अमेरिकी आरोपलाई अस्वीकार गरेको छ। चिनियाँ दूतावासले यस्ता दाबीलाई आधारहीन भन्दै खारेज गरेको छ। चिनियाँ पक्षले सैन्य सामग्रीको निर्यातसम्बन्धी चीनले कडा नियम र अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्दै आएको जनाएको छ।

यस घटनासँग सम्बन्धित दाबी र प्रतिदाबीबीच अमेरिका, चीन र इरान बीचको कूटनीतिक तथा सुरक्षा सम्बन्ध थप चर्चामा आएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa