Premier Cables
Premier Steel

राष्ट्रिय

लिम्पियाधुरा-कालापानी विवाद वार्ताबाट समाधान हुने प्रधानमन्त्री बालेनको विश्वास

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ १७, २०८३  | अपराह्न ३:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत लिम्पियाधुरा, कालापानी र लिपुलेकसँग सम्बन्धित विवाद कूटनीतिक संवादमार्फत समाधान गरिने बताएका छन्।

आइतबार (जेठ १७) प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले नेपाली भूमि हुँदै भारत र चीनले व्यापारिक मार्ग सञ्चालन गरिरहेको विषयमा सरकारको धारणा मागेकी थिइन्। त्यसको जवाफ दिँदै प्रधानमन्त्री शाहले नेपाल सरकारले यस विषयमा भारत सरकारलाई औपचारिक रूपमा कूटनीतिक नोट पठाइसकेको जानकारी दिए।

बिज्ञापन

उनका अनुसार भारतबाट प्राप्त जवाफमा दुवै देशले आ–आफ्ना ऐतिहासिक दस्तावेज, नक्सा तथा सीमा सम्बन्धी विज्ञहरूको सहभागितामा वार्तामार्फत समस्या समाधान गर्ने सहमति जनाएका छन्।

प्रधानमन्त्री शाहले सीमा विवाद समाधानका लागि भारत र चीनसँग मात्र नभई बेलायत सरकारसँग पनि छलफल भइरहेको बताए। ब्रिटिस भारतको शासनकालसँग सम्बन्धित ऐतिहासिक पृष्ठभूमिका कारण बेलायतको समेत यस विषयमा सरोकार रहने नेपालको धारणा रहेको उनको भनाइ थियो।

उनले सीमा सम्बन्धी सम्पूर्ण विषयहरू कूटनीतिक पहल, संवाद र आपसी समझदारीका आधारमा समाधान गरिने विश्वास व्यक्त गरे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

भन्सार दर दोब्बर भएपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Clock Iconआइतबार, जेठ १७, २०८३

कोशी विनियोजन विधेयकका प्राथमिकता: शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास

Clock Iconआइतबार, जेठ १७, २०८३

बजेटमा फेरि छुट्यो विराटनगर, कोशी प्रदेशका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजना भने प्राथमिकतामा

Clock Iconशनिबार, जेठ १६, २०८३

बजेटप्रति विराटनगरका उद्योगी-व्यवसायी उत्साहित, निजी क्षेत्रका माग सम्बोधन भएको प्रतिक्रिया

Clock Iconशनिबार, जेठ १६, २०८३

सुनमा भन्सार बढ्दा मूल्य तोलामा १५ हजारसम्म महँगिने

Clock Iconशुक्रबार, जेठ १५, २०८३

चुरोट र मदिरामा १० प्रतिशत अन्तःशुल्क बढाइने

Clock Iconशुक्रबार, जेठ १५, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka